हार्दिक धन्यबाद

हार्दिक धन्यबाद
27 Jun 2024
हार्दिक धन्यबाद

मिति-25-06-2024

" हार्दिक धन्यवाद "

अन्तर्राष्ट्रिय पर्बत समाजद्वारा आयोजित च्यारिटी डिनर तथा विविध सास्कृतिक कार्यक्रम २०२४ लाई सफल बनाउन आफ्नो अमुल्य समय दिई कार्यक्रममा गरिमामय उपस्थित हुनुभएका प्रमुख अतिथि बेनलक्सका लागि नेपाली राजदुत महामहिम श्री गेहेन्द्र राज भण्डारी ज्यू बिशेष अतिथि लुभेन नगरपालिका मेयर महम्मद रेदुवानी ज्यू साथै सस्थाका प्रमुख संरक्षक,सरक्षक, सल्लाहकार, बेल्जियम स्थित संघ सस्थाका अध्यक्ष्य एंव प्रतिनिधि कलाकार,पत्रकार, समाजसेवी, बुद्दिजिबि, सस्था परिवार साथै सम्पूर्ण महानुभावहरूमा सादर नमस्कारको साथमा हार्दिक धन्यवाद। विश्व जगतमा फैलिएर रहेका पर्वते दाजुभाइ दिदि बहिनिहरूलाई आफ्नो मातृभूमि,जन्मभुमिको सेवाको लागि मायाले जोड्ने एकमात्र आधारको रुपमा स्थापित सस्था अन्तर्राष्ट्रिय पर्बत समाजले पर्वत अस्पतालको सहयोगार्थ साथै सस्था कोष अभिबृद्दीका लागि आयोजना गरेको च्यारिटी डिनर तथा बिबिध सास्कृतिक कार्यक्रम २०२४ तपाइँहरुको साथ सहयोग र सद्भभावले सभ्य र भब्य रुपले सम्पन्न भएको छ।मानवीय र सामाजिक सेवालाइ सस्थाको मूल मन्त्र मान्दै सस्था स्थापना संगै स्वास्थ्य,शिक्षा,सामाजिक सेवा एंव पिडामा रहेका,अति निम्न बर्गका पिडितहरुको लागि सस्थाले आफूले सकेको सेवा गर्दै आएको छ। सोहि कार्यको निरन्त्रता साथमा देश बिदेशमा छरिएर रहनुभएका पर्वते साथै नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई अति आवस्यकताको बखतमा थोरै भए पनि राहत पुर्याउने जमर्को गरिरहेको यस सस्थाले पर्वत अस्पतालको सहयोगार्थ साथै सस्था कोष अभिबृद्दीका लागि आयोजना गरेको यस कार्यक्रममा तन मन र धनले सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी प्रति हामि लगायत सम्पूर्ण सस्थापरिवारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौ। कार्यक्रमलाइ मुर्त रुप दिन खटिने-कार्यक्रम संयोजक प्रमुख संरक्षक झलक के.सी.ज्यू,अतिथि ब्यबस्थापन संयोजक संरक्षक सुबास जोशी एंव टिम,आर्थिक ब्यबस्थापन संयोजक संरक्षक कृष्ण तिवारी,सल्लाहकार भिम जोशी एंव टिम ,कार्यक्रम मूल ब्यबस्थापन संयोजक सल्लाहकार खड्का बहादुर के.सी.एंव टिम ,सस्थाको गतिविधि डकुमेन्ट्री निर्माणमा सल्लाहकार बालेन्द्र गुरुङ एंव टिम ,प्रचार प्रसार संयोजक सदस्य दिपक न्यौपाने एंव टिम ,कार्यक्रम ब्यबस्थापन सस्था पर्बत समाज बेल्जियम अध्यक्ष नन्द गुरुङ्ग (दुर्गा)एबं सस्था परिवार,अन्तर्राष्ट्रिय पर्बत समाज कार्यसमिति,सम्पूर्ण सस्था परिवार एंव सदस्य सस्थांको एकता,सहकार्य र सहयोग प्रति हामी गौरवान्दित छौ।कार्यक्रमलाइ सभ्य र भब्य रुपमा सफल बनाउन सार्थक सहयोग गर्नुभएकोमा सस्थापक अध्यक्ष पुरन गिरि लगायत यु.के.,अमेरिका,नेदरल्याण्ड,डेनमार्क,लेक्जेम्बर्ग स्विज़रल्याण्ड,यूएईवाट उपस्थित हुनुभएको सम्पूर्ण संरक्षक,सल्लाहकार एंव सुभेच्छुक प्रति हार्दिक आभार।हाम्रो सबिनय आग्रहलाई शिरोधार्य गरि मन फुकाएर सहयोग गर्ने सम्पूर्ण सहयोगीहरू प्रति सस्था परिवार तपाई हरूको सद्भाभाव हाम्रो उर्जाको श्रोत हो।यस कार्यक्रममा आफ्नो कर्णप्रिय र मनोरन्जनात्मक प्रस्तुति दिनुहुने लोकगायक बिष्णु खत्री ज्यु,गायिका सुमी घिमिरे सापकोटा ज्यू कलाकार जित तिलिजा एंव कुशल नृत्यकार बहिनी ,सामुहिक नृत्य गरेका साना बहिनीहरुलाई हार्दिक धन्यबाद। यस कार्यक्रमलाइ सफल र सार्थक बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगीहरूलाई हार्दिक नमन तथा धन्यवाद व्यक्त गर्दछौ। “जय पर्बत”

गुणराज शर्मा गुराशं अध्यक्ष अन्तर्राष्ट्रिय पर्बत समाज

प्रकाश पौडेल  महासचिव  अन्तर्राष्ट्रिय पर्बत समाज