Who we are

पर्बतबासिहरु कहिलेदेखि विदेशमा गए भन्ने अधिकारिक जानाकारी उपलब्ध नभए पनि सन् १८१६ को सुगौली सन्धि १९४७ ताका  ब्रिटिस आर्मी ,१९८५ पछि अरब लगाएत मलाय भनिने मलेसियामा नेपाली कामदारको रुपमा नेपाल सरकारको मातहत वा गैर कानुनी रुपमा काम गर्न सुरु भएको थियो । नेपालको मानचित्रको मध्यभागमा कालीगण्डकी नदि र मोदी खोला किनाराका  पतिचौर, ज्ञादी, कुस्मा, पाङ्ग,फलेवास,बाच्छा,हुवास,त्रिबेणी लगायतका फाटहरु देखि हम्पाल, पन्चासे, डहरे, चिसापानीका लेकहरुका बिचका खोचहरु समेटिएर बनेको नेपालको चौथो सानो जिल्ला हो पर्बत । समुन्द्री सतह बाट ५२० मिटरमा सेतिबेनी देखि ३३०९ मिटर अग्लो हम्पालको लेक बिचमा अवस्थित छ । संघीय लोकतान्त्रिक नेपालको गण्डकी प्रदेश अन्तर्गत पूर्वमा कास्की स्याङजा दक्षिणमा स्याङजा गुल्मी पश्चिममा बागलुङ, उत्तरमा म्याग्दी जिल्ला रहेका छन् ।  ४९२ वर्ग किलोमिटर क्षेत्रफÞल रहेको पर्बत जिल्लामा  पछिल्लो जनगणना अनुसार जनसंख्या १४५५८६ रहेको छ, बढ्दो बसाई सरेको कारण जिल्लाको जनसंख्या घट्दो क्रममा रहेको छ  । मुख्य रुपमा बाहुन, क्षेत्रि, मगर, गुरुङ, जातजातिको बाहुल्य रहेको यस जिल्लामा दलित जातिहरुको पनि उल्लेख्य बसाई रहेको छ । मगर,गुरुङ र नेवार जातीको मौलिक सँस्कृति भाषाले यो जिल्लाको सास्कृतिक विविधतालाई झल्काउछ । भौगोलिक रुपमा बिकट जिल्लाको रुपमा रहेपनि ७० प्रतिशत साक्षर रहेका छन् । भौगोलिक  र वातावरणीय हिसाबले अत्यन्तै मनोरम  रहेको यस जिल्लामा एक केन्द्रिय  संसदीय क्षेत्र, दुई प्रदेश संसदीय क्षेत्र रहेका छन् भने, दुई  नगरपालिका पाँच गाउपालिका गरी सात स्थानीय तह रहेका छन् । धार्मिक एबम  ऐतिहाँसिक रुपमा अतिनै सम्पन्न यो जिल्लामा सेतिबेनीको शालिग्राम शिला, मोदिबेनीको नरसिंह मन्दिर, कुश्माको गुप्तेश्वर गुफा , ज्ञादिको अलपेश्वर गुफा, पाङ्गको  भुवनेश्वर गुफा, चुवाको लालेश्वर गुफाको साथै  डहरे देउराली,सहस्रधारा, धाइरिङ्ग भूमे, मल्लाजकोट, दुर्लुङ्गकोट, पैयुकोट, खौलाकोट, लिमिकोट, देउपुरकोट, लुंखुको महाशिला,पंचासे (कास्की,स्यांगजा,र पर्वतको सिमाना जोडिने पंचासे  प्रसिद्द धार्मिक तथा पर्यटकीय  स्थल रहेको  तथा रामजा कोट लगायतका धार्मिक एबम ऐतिहसिक स्थान रहेका छन् ।नेपाल को बिकास र प्रबर्द्दन मा टेवा पुर्याउन सम्बृद्ध पर्बत अभियानमा पर्बत जिल्ला घर भै हाल विश्वको कुनै पनि देशमा बसोबास गर्ने नेपालिहरुले जिल्ला मा स्वास्थ्य ,शिक्षा ,र परोपकारी कार्यमा  समस्याहरुसँग सम्झौता गर्दै कला, संस्कृति, इतिहास र विविध क्षेत्रको अध्ययन तथाअनुसंधान गरी जीवन्त राख्नुका साथै जगेर्ना गर्न । कला, अनुभव तथायोग्यताको कदर गरी इमानदारिता र व्यक्तित्वको विकास गर्न । आधुनिक तथा वैज्ञानिक शिक्षाको अध्ययन गरी अतिरिक्त व्यक्तित्व विकासमा प्रोत्साहन रटेवा पु¥याउदै लैजान एवं आफूमा रहेको प्रतिभाको विकास गर्न । विश्व  मा रहेका पर्वते हरुलाई परेका समस्याहरुको पहिचान गरी सहयोग गर्नेअभिप्रायले, कुनै राजनैतिक वा व्यापारिक लाभ नलिई जातीय भेदभावरहित, धार्मिक सहिष्णुुताका साथै विशुद्घ सामाजिक सेवा गर्ने उद्देश्यलेअभिप्रेरित भई सामाजिक सेवा गर्न वाञ्छनीय भएकोले पंजीकृत सवै सदस्य संस्थावाट समावेशी र समानुपातिक आधारमा मनोनित प्रतिनिधीहरु पार्सद रहने गरि एक साझा संस्थाको रुपमा अन्तराष्ट्रिय पर्वत समाजलाई विकास गरि   “सम्बृद्ध पर्बत निर्माण, हाम्रो अभियान” सहित यस सस्थाको स्थापना  गरिएको हो  ।