पर्वतको चिनारी
नेपालको मानचित्र को मध्यभागमा कालीगण्डकी नदी र मोदी खोला किनाराका पातीचौर ,ज्ञादि , कुश्मा ,पाङ ,फलेबास , सरौंखोला , हुवास ,त्रिवेणी लगायतका फाँटहरु देखि हम्पाल ,पञ्चासे ,डहरे ,चिसापानी, पैंयू कोट, लुरिङ्ग जस्ता लेकहरुका बीचका खोचहरु समेटिएर बनेको नेपालको चौथो सानो जिल्ला पर्वत हो ।समुद्री सतहबाट ५२० मिटरमा सेतीबेनी देखि ३३०९ मीटर अग्लो हम्पालको लेक बीचमा अवस्थित छ ।संघीय लोकतान्त्रिक नेपालको गण्डकी प्रदेशमा पर्ने जिल्ला - जसको पूर्वमा कास्की र स्याङ्जा, दक्षिणमा स्याङ्जा र गुल्मी , पश्चिममा वाग्लुङ ,उत्तरमा म्याग्दी जिल्ला को सिमाना रहेको भौगोलिक बनावट छ । पर्वत जिल्लाको सदर मुकाम कुश्मा हो । यातायातको हिसाबले पर्वत को कुश्मा देखि वाग्लुङ १२ किलोमीटर र गण्डकी प्रदेशको राजधानी पोखरा ५७ किलोमीटर दुरीमा रहेको छ । नेपाल को महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र मुक्तिनाथ मन्दिर जान र फर्कदा पर्वतको कुश्मा केन्द्र बिन्दु मानिन्छ । पर्वत को यातायात सेवा अहिले पक्की तथा कच्ची मोटर बाटो गरी सबै क्षेत्रलाई जोडिएका छन् । ४९४ वर्ग कि.मी. क्षेत्रफल रहेको पर्वत जिल्लाको पछिल्लो जनगणना अनुसार जनसंख्या १,५७,८२६ रहेको छ । वढ्दो बसाई सराईको कारण जिल्लाको जनसंख्या घट्दो क्रममा रहेको छ । यहां मुख्य रूपमा वाहुन , क्षेत्री ,गुरुङ्ग ,मगर जातजातिको वाहुल्य रहेको भएता पनि अन्य जाति देखि दलित जातिहरूको पनि उल्लेख्य बसाई रहेको छ ।
मगर ,गुरुङ्ग र नेवार जातिको मौलिक संस्कृति,भाषाले यो जिल्लाको संस्कृतिक विविधतालाई झलकाउदछ । भौगोलिक रूपमा विकट जिल्लाको रूपमा भए रहे पनि ७० प्रतिशत साक्षरता रहेको छ । सबै कुराले अत्यन्तै मनोरम रहेको यस जिल्लामा १ संघीय (केन्द्रीय संसदीय ) क्षेत्र र २ प्रदेशीय क्षेत्र रहेका छन भने पहिलाको साविकको पुरानो ५५ गा. वि.स . लाई दुई नगर पालिका र पाँच गाउँ पालिका बनाइएको छ । २ नगर पालिकामा कुश्मा र फलेवास हुन भने ५ गाउ पालिकमा जलजला ,मोदी ,महाशिला ,पैंयू र वीहादी हुन । पर्वत जिल्ला सांस्कृतिक र पर्यटकीय हिसावले नेपालमा निकै अगाडि रहेको छ र विश्वकै सामु परिचित गराउने सम्मको धार्मिक , सांस्कृतिक र पर्यटकीय महत्वका प्रतिक पर्वत जिल्लामा रहेका कारणले पनि अझ ओझ उच्च रहेको छ ।
पर्वत मा धार्मिक एवं ऐतिहासिक र पर्यटकिय रुपमा अति नै सम्पन्नता का पहिचानहरु छन् । यस सन्दर्भमा छोटो विवरण मा उल्लेख गर्दा कुश्मा को गुप्लेश्वर गुफा , मोदी विनिको नरसिंह मन्दिर , ज्ञादिको अलपेश्वर गुफा ,पाङ को भुवनेश्वर गुफा ,चुवाको लालेश्वर गुफा को साथै डहरे देउराली , सहस्र धारा ,धाइरिङ , भुमे ,मल्लाजकोट , दुर्लुङ कोट ,पैंयू कोट ,खौलाकोट , लिमिकोट ,देउपुर कोट ,लुँखु को महशिला , पन्चासे ( कास्की ,स्याङ्जा र पर्वत को सिमाना मा जोडिएको पञ्चासे प्रसिद्ध धार्मिक र पर्यटकीय स्थल जहा पन्चासे केवुलकार कम्पनी लिमटेडले ले केवुलकार सेवा संचालन का लागि योजना समेत बनाएको क्षेत्र ) हो । नेपाल लाई नै विश्वमा चिनाउने पर्वत को बीहादी गाउँ पालिका मा रहेको शिला शालिकग्राम हो । यो गण्डकी ,लुम्बिनी र धौलागिरी अञ्चल र पर्वत ,स्याङ्जा र गुल्मी जिल्लाको संगम क्षेत्रमा रहेको विश्वकै सबैभन्दा ठूलो शिला शालीग्राम हो, जुन धार्मिक र पर्यटकीय हिसावले प्रशिद्ध मानिन्छ भने अर्को तर्फ पर्यटकिय हिसावले पर्वत को सदरमुकाम कुश्मा मा अवस्थित झलुङ्गे पुलहरु कुश्मा वाडा गाउ - वाग्लुङ को वलेवा कयान झलुङ्गे पुल , यसै गरी अर्को कुश्मा - ज्ञादी जोड्ने लामो र अग्लो झालुङे पुल , पर्वत जिल्ला कै मुख्य पर्यटकिय आकर्षण का रुपमा रहेको कुश्मा बन्जी पुल , केवल कार , कुश्मा- मुडिकुवा झलुङे पुल , कुश्मा - वालेवा बन्जीजम्प पुल विश्वकै दोस्रो अग्लो मा मानिएको छ यसै गरी पाङ देखि बागलुङ कालिका मन्दिर पारी पट्टी जोड्ने पुल,पर्वतको दक्षिण भेकमा रहेको पैयु गाउँपालिका वडा नं १ टकलाक को वहाबि बाट विहादि गाउँपालिका ५ को छचन्ने मा जोडिएको लामो खलुङ्गे पुलहरु पनि पर्वत जिल्लाका आकर्षण केन्द्र हुन । यस बाहेक पर्वत जिल्ला जलस्रोतको धनी जिल्ला भएकोले यहाँ चर्चित मोदी जलविद्युत र पैंयू खोला हाइड्रो पावर जस्ता महतवपूर्ण आयोजनाहरुको निर्माण कार्य शुरु भै रहेको छ । पर्वत मा जाने वा आउनेहरुको लागि यी प्राकृतिक सम्पदा , सांस्कृतिक सम्पदा , लामा र अग्ला झालुङ्गे पुलहरु ,बन्जीजम्पी यो जिल्लाका आकर्षक केन्द्र मानिन्छन् ।यी आकर्षक चिजहरुको अवलोकनले पर्यटकहरुबाट प्राप्त हुने आम्दानीले पर्वत को आय आर्जन र आकर्षण ले स्वदेशी तथा विदेशी पर्यटकहरू को आवागमनले पर्वत को विकास मात्र नभई देशकै पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याएको छ ।
अन्त्यमा हामी पर्वत जिल्लाका बासिन्दाहरूले स्वदेश तथा विदेशमा रहनु हुने सबैले हाम्रा धार्मिक, सांस्कृतिक एवम टुरिजम क्षेत्रका हाम्रा गौरवलाई अवलोकन गर्ने, संरक्षण ,संवर्द्धन , विकास गर्न र हातेमालो गर्नु अहिलेको हामी सबैको साझा दायित्व र कर्तव्य हो ।
लेखक
कृष्ण प्रसाद तिवारी
संयोजक अनुशासन समिति तथा
केन्द्रिय सदस्य
अन्तर्राष्ट्रिय पर्वत समाज
तथा
सल्लाहकार
पर्वत समाज , बेल्जियम
मिति २ जुन २०२२