आगलागी पिडितलाई अन्तराष्ट्रिय पर्वत समाजको सहयोग

03 Aug 2022

पर्वत, २ मंसिर
आगलागीबाट घर जलेर क्षति व्यहोरेका पर्वतको कुश्मा नगरपालिका २ खुर्कोटको एक परिवारलाई अन्तराष्ट्रिय पर्वत समाजले सहयोग उपलब्ध गराएको छ । गत चैत ३० गते रातिको समयमा घरमा खाना पकाउनका लागि जोडिएको ग्याँस लिकेज भएपछि स्थानीय यादवप्रसाद सुवेदी (रामु)को घरमा आगलागी भएको थियो ।
पिडित सुवेदीलाई अन्तराष्ट्रिय पर्वत समाजका पदाधिकारीहरुको उपस्थितिमा विहिबार कुश्माबजारमा उनलाई सहयोग स्वरुप २५ हजार रुपैँया प्रदान गरिएको हो । सहयोग प्रदान कार्यक्रममा समाजका बरिष्ठ उपाध्यक्ष परशुराम पौडेल, उपाध्यक्ष शेषराज तिमिल्सिना, महासचिव मणि भुर्तेल, सल्लााहकार अर्जुन श्रेष्ठ, पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, कलाकार आरसि पौडेल, समाजसेवी शेषराज रेग्मी लगायतको उपस्थिति रहेको थियो । सहयोग हस्तान्तरण गर्दै समाजका बरिष्ठ उपाध्यक्ष पौडेलले रकम ठूलो नभएपनि सहयोग भावले मात्रै सम्बोधन गरिएको बताउनुभयो । समाजका सल्लााहकार अर्जुन श्रेष्ठले पिडित सुवेदीलाई थप सहयोगका लागि आफुहरु आ आफ्नो ठाउँबाट लाग्ने आश्वासन दिनुभएको थियो ।
आगलागीबाट भौतिक सम्पत्ति गुमाएका सुवेदी अहिले छिमेकी टोलनाथ सुवेदीको घरमा आश्रय लिएर बस्दै आउनुभएको छ । आमा, श्रीमती र भाइबुहारी सहित ७ जनाको परिवार रहेका सुवेदीलाई अन्तराष्ट्रिय पर्वतेलीहरुबाट सहयोग पाइरहनुभएको छ । छर छिमेकबाट समेत सवै प्रकारको सहयोग प्राप्त भएको बताउँदै सहयोगी हातहरु अझै बढेमा आफ्नै घर निर्माण गरेर बस्ने योजना रहेको बताउनुभयो ।