पर्वतको चित्रेमा अन्तराष्ट्रिय पर्वत समाजको तेस्रो महाधिवेशन

03 Aug 2022

गण्डकी संचार (पर्वत) । पर्वत जिल्लाको समृद्धि र विकासमा टेवा पु¥याउने उद्देश्यले संसारभर छरिएर रहेका पर्वतेलीहरुको साझा संस्था अन्तराष्ट्रिय पर्वत समाजको तेस्रो अधिवेशन सम्पन्न भएको छ । पर्वतको मोदी गाउँपालिका–८ चित्रेमा भएको अधिवेशनको उद्घाटन शत्रमा चित्रेका स्थानीय आमासमुह, युवा समुह, बाल क्लव, तमु समाज लगायतको टोलीले भजन कितृत सहित ¥याली लिकालेर अतिथीहरुलाई स्वागत गरेका थिए । अधिवेशनको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाले उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन शत्रमा बोल्दै तिमिल्सीनाले जिल्लाको विकासमा लाग्न विभिन्न राजनीतिक दल, स्थानीय सुमदाय तथा युवा पुस्तासँग आग्रह गर्नुभएको छ । उहाँले राजनीतिक रुपमा फरक फरक आस्था र विचार भए पनि पर्वत जिल्लाको पर्यटनसँगै आर्थिक विकासका लागि एकजुट हुन अपिल गर्नुभएको हो ।

राष्ट्रिय सभाका अध्यक्षले भन्नुभयो, “पर्वत जिल्लाको समग्र विकासका लागि सरकार पक्ष वा प्रतिपक्ष भनिरहनु पर्दैन, जुन पार्टीमा भए पनि एकजुट भएर लाग्नुपर्छ ।” पर्वत जिल्ला पर्यटकीय हिसाबले अत्यन्त सम्भावना बोकेको जिल्ला भएको उल्लेख गर्दै उहाँले साँच्चिकै पर्यटकीय गन्तव्य बनाउन स्थानीय तहबाटै पहल हुनुपर्नेमा जोड दिनुभयो 

कार्यक्रममा गण्डकी प्रदेशका सभामुख नेत्रप्रसाद अधिकारी, प्रतिनिधी सभाका साँसद पदम गिरी, नेपाली काँग्रेसका केन्द्रिय एवम् संविधान सभा सदस्य अर्जुनप्रसाद जोशी, गण्डकी प्रदेश साँसद विकास लम्साल, संविधान सभा सदस्य कल्पना चपागाई, गण्डकी प्रदेश साँसद ललिताकला गुरुङ, जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बि पौडेल, प्राकृतिक श्रोत तथा वित्त आषग सदस्य जुद्द गुरुङ, कुश्मा नगरपालिका नगर प्रमुख रामचन्द्र जोशी, फलेवास नगरपालिका नगर प्रमुख पदमपाणि शर्मा, जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’, महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेल, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेल, कुश्मा नगरपालिकाकी उपप्रमुख सिता काफ्ले लामिछाने, नेकपा एमाले पर्वतका उपसचिव गोविन्द पहाडी, नेपाली काँग्रेस पर्वतका पार्टी सचिव विश्वप्रकाश प्रसाई, नेकपा माओवादी केन्द्रका नेता शंकर गिरी, उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष गोपी अधिकारी, अन्तराष्ट्रिय पर्वत समाजका संरक्षक सुभाष जोशी ‘सन्तोष’, अन्तराष्ट्रिय पर्वत समाजका सल्लाहकार चिन्तामणि पौडेल, अर्का सल्लाहकार अर्जुन कुमार श्रेष्ठ, पर्वत समाज स्पेनका बरिष्ठ उपाध्याक्ष सन्तोष पौडेल, चित्रेका बालबालिका फोकल पर्सन मघुसुदन अधिकारी, चित्रे ग्रामीण पर्यटन होमस्टे व्यवस्थापन समितिका अध्यक्ष सुशीलादेवी गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

अधिवेशनमा संस्था स्थापना देखी संचालनको दौडानमा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको थियो । सो अवधिमा संस्थाका सचिव शेषराज तिमिल्सीनाले संस्थाका गतिविधि सहित आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम संस्थाकी नेपाल प्रतिनिधी मुना भुषालले स्वागत मन्तव्य र धन्यवाद संस्थाका संस्थाका बरिष्ठ उपाध्यक्ष झलक केसीले गर्नुभएको थियो । उक्त कार्यक्रमको संचालन महासचिव गुणराज पौडेल ‘गुँराश’ ले गर्नुभएको थियो ।

अन्तराष्ट्रिय पर्वत समाजको बिहिवार सम्पन्न भएको अधिवेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ ।