अन्तराष्ट्रिय पर्वत समाजको तेस्रो अधिवेशनको तयारी तिव्र : अधिवेशनका लागि कार्यभार विभाजन

03 Aug 2022

गण्डकी संचार (पर्वत) । अन्तराष्ट्रिय पर्वत समाजले तेस्रो अधिवेशनको तयारी तिव्र पारेको छ । समाजले कात्तिक ४ गते अक्टोवर २१ तारिखका दिन पर्वतको मोदी गाउँपालिका–७ मा पर्ने पर्यटकिय गाउँ चित्रेमा अधिवेशन आयोजना गरेको छ । अधिवेशनलाई लक्षित गरी अक्टोबर ३ तारिखका दिन जुम भर्चुवल मार्फत भएको बैठकले विभिन्न प्रस्ताव माथि छलफल गरी निर्णयहरु गरेको अन्तराष्ट्रिय पर्वत समाजले जनाएको छ । समाजका अध्यक्ष पुरन गिरीको अध्यक्षतामा सम्पन्न भएको बैठकले आर्थिक समिति, ब्यबस्थापन समिति, प्रचार प्रसार समिति, समन्वय समिति, प्रमुख अतिथि लगायत विविध विषयमा निर्णय गरेको समाजका महासचिव गुणराज शर्मा ‘गुँराश’ले जानकारी दिनुभयो ।
अधिबेशनका लागि सस्थाका अध्यक्ष पुरन गिरिको संयोजत्वमा आर्थिक संकलन समिति गठन गरिएको छ । जसको सदस्यहरुमा बरिष्ठ उपाध्याक्ष झलक केसी, किरन पुन, रुद्रमणि लम्साल र बाबुराम शर्मालाई चयन गरिएको छ । अधिबेशन ब्य्बस्थापनका लागि नेपाल प्रतिनिधि मुना भुषालको संयोजत्वमा सदस्यहरु चयन गरिएको छ । जसको सदस्यमा संस्थाका कार्यसमिति सदस्य रुद्रमणि लम्साल, मोदी गाउँपालिका–८ चित्रेका वडा सदस्य राजेन्द्र केसी, पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, राष्ट्रिय कलाकार बिमलराज क्षेत्री, कलाकार कस्तुप पन्त, सुश्मा लोहनी, कृष्ण अखेली, पत्रकार साजन परियार र बिष्णु सापकोटा गौत्तम चयन गरिएको छ ।
अधिवेशनको प्रचारप्रसार संयोजकमा संस्थाका प्रवक्ता मणि भुर्तेल रहने गरी नेपाल पत्रकार महासघ शाखा पर्वतसँग समन्वय गरि प्रचार प्रसार समिति बनाउने निर्णय गरिएको छ । साथै पत्राचारको लागि सस्थाका महासचिव गुणराज शर्मा सहित सचिवद्धय शेषराज तिमिल्सिना र प्रकास पौडेललाई जिम्मेवार दिने निर्णय गरिएको छ ।
सस्थाका उपाध्यक्ष परशुराम पौडेलको संयोजकत्वमा अभिवेशन समन्वय समिति गठन गरिएको छ । जसको सदस्यहरुमा संस्थाका सचिव शेषराज तिमिल्सिना, सरोज जिसि, सबिन्द्र श्रेष्ठ लगाएत नेपालमा उपलब्ध समितीका साथीहरू सदस्य थप गर्ने गरि निर्णय गरिएको छ ।
अधिबेशनको लागि प्रमुख अतिथिको लागि रास्ट्रीय सभाका सम्माननिय अध्यक्ष गणेसप्रसाद तिमिल्सिना लाई निमन्त्रणा गर्ने निर्णय गरिएको महासचिव शर्माले बताउनु भयो ।
कार्यक्रमको तयारी तिव्र रुपमा अगाडि बढेको संस्थाकी नेपाल प्रतिनिधी भुषालले बताउनुभयो । ‘हामीले कार्यक्रमको तयारी तिव्र रुपमा अगाडि बढाएका छौँ । ठाउँको पनि अवलोकन गरि सकेका छौँ । जिम्मेवारी बाँडफाँड देखी पत्रचारका काम अगाडि बढाएको छौँ,।’–भुषालले भन्नुभयो ।
मोदी गाउँपालिका सँगै जिल्लाको समग्र विकास र समृद्धिमा टेवा पु¥याउने उद्देश्यले चित्रेमा अधिवेशन तोकिएको अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले जानकारी दिनुभयो । चित्रेवाट समाजले कुनकुन क्षेत्रमा लगानी गर्ने र संस्थाका भावी रण्नितिका विषयमा कार्ययोजना तय गरिनेछ ।