६ भदौ, काठमाडौ । अन्तरािष्ट्रय पर्वत समाजले एनआरएनएका विभिन्न देशमा रहेका शाखाको नेतृत्वमा निर्वाचित एनआरएनए पदाधिकारीहरुलाई बधाई तथा सम्मान गरेको छ ।
भदौ ४ गते जुममार्फत् आयोजना गरिएको उक्त कार्यक्रममा समाजका अध्यक्ष पुरन गिरिको अध्यक्षता, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यता, समाजका प्रमुख संरक्षक हितकाजी गुरुङको विशिष्ट आतिथ्यता तथा संरक्षकहरु कुल आचार्य, अर्जुन कुमार श्रेष्ठ शन्तोष जोशी (सुभाष), सुरेन्द्र भुसाल, महेश श्रेष्ठ र मोहन शर्माको विशेष आतिथ्यता रहेको थियो ।
समाजका महासचिव गुणराज शर्मा ‘गुराँस’ तथा प्रवक्ता मणि प्रसाद भुर्तेलको संचालन रहेको उक्त सम्मान तथा बधाई कार्यक्रममा पारस गौतम, रामेश्वर गौतम, गोविन्द प्रसाद गौतम, खडक केसी, कृष्ण तिवारी, ओम् गुरुङ, गगा भुसाल, चिन्तामणि पौडेल, छविलाल भट्टराई र गंगा भुसालको आतिथ्यता रहेको थियो ।
त्यसैगरी विभिन्न देशमा रहेका पर्बत समाजका नेतृत्वहरुमा जापानबाट जनक सुबेदी, युएईबाट कमल लामिछाने, कतारबाट श्याम न्यौपाने, बहराइन बा राम हरि शर्मा, बेल्जियमबाट भिम जोशी नेदरल्याण्डबाट नर बहादुर रोका, पोर्चुगलबाट बिनोद पौडेल, स्पेनबाट दिनेश राज रेग्मी, अमेरिकाबाट धन प्रसाद गुरुङ तथा पर्बत वेलफेयर सोसाइटी युकेबाट नेत्र आलेको उपस्थिति रहेको थियो ।
राष्ट्रिय गानबाट सुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि तिमिल्सिनाले अन्तराष्ट्रिय पर्वत समाजले आयोजना गरेको कार्यक्रममा ऐक्यबद्धता जनाउँदै मूल सुत्रमा बाधिन गरेको प्रयास स्वागत योग्य रहेको भन्दै खुसी व्यक्त गरेका थिए ।
प्रमुख अतिथि, विशिष्ठ अतिथि तथा अतिथिहरुद्धारा बधाई तथा सम्मान गरिएको उक्त कार्यक्रममा कार्यक्रम सयोजक परशुराम पौडेलको स्वागत मन्तव्य तथा समाजका बरिष्ठ उपाध्यक्ष झलक केसीले संस्थाका गतिबिधिका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
समाजले सोहि कार्यक्रममा कोरोना संक्रमणका कारण पीडित भएका जिल्लावासीका लागि स्वास्थ्य सामग्री पठाउने क्रममा राष्ट्रिसभाका अध्यक्ष गणेश तिमिल्सिनाको महत्वपूर्ण सहयोग रहेको भन्दै धन्यवाद ज्ञापन समेत गरेको छ ।
समाजका अध्यक्ष गिरिले सम्पूर्णलाइ धन्यबाद दिदै सम्बृद्ध पर्बत अभियानमा जोडिन र बिस्वभरी रहेका पर्वतेलीहरुको सीप र पुँजी पर्बत वा नेपालमा भित्राउने अभियानमा जोड दिन अपिल समेत गरेका थिए ।
यी हुन् निर्वाचित हुने पदाधिकारीहरु
१-देव बहादुर गुरुङ, उपाध्यक्ष एनआरएनए अष्ट्रेलिया, मोदी गाउपालिका ५ चित्रे,
२ -चन्द्र प्रसाद तिवारी, उप युवासंयोजक अस्ट्रेलिया, पैयु गाउपलिका – सरौखोला
३-लोक बहादुर पुन, उपाध्यक्ष, एनआरएनए फ्रान्स, जलजला गाउँपालिका – ६ सालिजा
४- संगीता पौडेल, महिला उपाध्यक्ष, एनआरएनए फ्रान्स, कुश्मा नगरपालिका पकुवा
५ -दिलिप गुरुङ, महासचिव, एनआरएनए फ्रान्स, बिहादी गाउपालिका ४ ।