सम्पुर्णमा सहयोगी मनहरुमा नमन ।।

03 Aug 2022
सम्पुर्ण सहयोगी हातहरुलाई नमन ।।

११ थान अक्सिजन कन्सनट्रेटर मेसिन हस्तान्तर

आज राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष श्री गणेश प्रसाद तिमिल्सिनाज्यूको समुपस्थितिमा अन्तराष्ट्रिय पर्वत समाजका संरक्षक गोविन्द सुबेदीज्यु मार्फत ११ वटा अक्सिजन कन्सनट्रेटर मेसिन पर्वत जिल्लाका लागि जिल्ला प्रशासन कार्यालय पर्वतको प्राङगडमा जिल्ला कोभिड व्यवस्थापन समितिको संयोजक एवम् प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीज्युलाई हस्तान्तरण गरिएको छ ।
पर्वत जिल्ला भित्र परिचालन र आवश्यकताका आधारमा सामाग्रीहरु DCCMC को सहजीकरणमा वितरण गर्ने गरि हस्तान्तरण गरिएको उक्त कार्यक्रममा उपस्थित भै दिनु भएकोमा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी ,पर्वत जिल्लाका डिएसपी विश्वराज अधिकारी ,
अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष गोविन्द गिरि पहाडी , पर्वत अस्पतालका डाक्टर डिबि छेत्री ,अन्तर्राष्ट्रिय पर्वत समाज कोभिड महामारीमा पर्वतमा सहयोगका लागि सयन्त्रका संयोजक हितकाजी गुरुङज्यु , सदस्यज्युहरु कुल आचार्य , सुबास जोशी , पुरन गिरि , आर्थिक संकलन समितीका सम्पुर्ण साथीहरू ,सम्मानिय अध्यक्ष ज्युसग सम्पर्क र समन्वय गर्नुहुने समाजका सदस्य दिनेशराज रेग्मी ज्यु ,सम्पर्क समन्वय गर्नु हुने नेपाल प्रतिनिधि मुना भुसाल,पत्रकार मित्रहरू ,नेपाल पत्रकार महासंघ पर्वत परिवार लगायत यस पुण्य कार्यमा सहयोग र साथ दिने हुने सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्दछौ ।विशेष धन्यवाद चीन देखि पर्वत सम्म पुर्याउनका पुर्याउनका लागि समन्वय गरिदिनुहुने सम्मानिय र्राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना ज्यु , चिनमा सामग्री खरिदका लागि सहयोग गरिदिने हुने अन्तर्राष्ट्रिय पर्वत समाजका संरक्षक महेश श्रेष्ठज्यु प्रती हार्दिक आभार ब्यक्त गर्दछौ ।
गुणराज शर्मा
महासचिव