सम्पुर्णमा सहयोगी मनहरुमा नमन ।।

03 Aug 2022
सम्पुर्ण सहयोगी हातहरुलाई नमन

"छटपटाहट आत्मालाई पसिनासग सापट मागेर सास दिने अभियानमा जुटौ ।
" प्रार्थना गर्ने ओठ भन्दा सहयोग गर्ने हात महान हुन्छन " बुद बुद जम्मा गरेर घैलो भरिन्छ"
सर्वप्रथम संक्रमित बुवाआमा, दाजुभाई तथा दिदिबहिनीहरु लगायत सम्पूर्णको स्वास्थ्य लाभको कामना गर्दछौँ । साथै मृतआत्मप्रति हार्दिक श्रद्धाञ्जली अपैण गदै परिवारजनहरुमा गहिरो समावेदना प्रकट गर्दछौँ ।

आज जेठ २१ (जुन ४ तारिख )गते दिन पर्वत जिल्लामा रहेका २ नगरपालिका र ५ गाउँपालिकालाई जिल्ला प्रशासन कार्यालय पर्वतको प्राङगडमा जिल्ला कोभिड व्यवस्थापन समितिको संयोजक एवम् प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीज्युमार्फत सम्वन्धित नगर पालिका ,गाउपालिका प्रमुखज्युहरुलाई ११,९७,५६०/- एघार लाख सन्तानब्बे हजार पाच सय साठी नेपाली रुपैया बराबरको ग्लोब्स (परिक्षण), सर्जिकल ग्लोब्स, हेण्ड सेनिटाईजर। डिजिटल थर्ममिटर, वि.पि सेट, सर्जिकल मास्क, फेस शिल, प्लस अक्सोमिटर, बेड टिसु, नसल क्यानुला (द्द।m), अक्सिजन मास्क र स्टेचर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको जानकारी गराउदछु ।
 
प्रमुख जिल्ला अधिकारी ज्यु , सम्वन्धित नगर प्रमुख र गाउपालिका प्रमुख हरुसग सम्पर्क समन्वय गर्नु हुने नेपाल प्रतिनिधि मुना भुसाल,उक्त सामग्री हस्तान्तरणमा सहयोग पु¥याउने प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, अन्तराष्ट्रिय पर्वत समाजका सल्लाहकार अर्जुनकुमार श्रेष्ठ, अन्तराष्ट्रिय पर्वत समाजका कानूनी सल्लाहकार केशवराज पुरी, समाजका सदस्य एवं पर्वत सेवा समाज यूएईका अध्यक्ष सरोज जिसी,सुरक्षा निकायका प्रमुख ज्यु लगायत कार्यक्रममा उपस्थित हुनुभएका पालिका प्रमुख, उपप्रमुख एमव् प्रतिनिधी ज्यूहरुलाई धन्यवाद व्यक्त गर्दै यस अभियान सम्पन्न गर्न आफ्नो मन खोलेर सहयोग र साथ दिनुहुने सम्पुर्ण सहयोगि मनहरुमा हार्दिक नमन गर्दछौ ।