सम्पुर्णमा सहयोगी मनहरुमा नमन ।।

03 Aug 2022
सम्पूर्ण सहयोगी मनहरुमा नमन ।।।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण गत जेठमा कतारमा निधन भएका पर्वत जिल्ला बिहादी गाउँपालिका १ बाच्छा देउराली निवासी मदन गुरुङको परिवारलाई पर्वत समाज कतारको समन्वयमा अन्तराष्ट्रिय पर्वत समाजको आर्थिक ब्यवस्थापनमा नगद ५० हजार नेपाली रुपैयाँ आज स्वर्गिय गुरुङको घरमा पुगेर उनकी श्रीमती बेलकुमारी गुरुङलाई समाजका सचिव शेषराज तिमिल्सिनाको उपस्थितिमा हस्तान्तरण गरिएको छ ।समाजका सदस्य एवं पर्वत समाज कतारका अध्यक्ष सविन्द्र श्रेष्ठको समन्वयमा गरिएको हस्तान्तरण कार्यक्रममा नेपाल प्रतिनिधि मुना भुसाल ,कार्यक्रम संचालन गर्नुहुने स्थानीय युवा ओम गुरुङ ,उपस्थित भई कार्यक्रमको सोभा बढाईदिनुहुने सोही वडाका देउराली टोल सुधार समितिका संयोजक झपरबहादुर के.सि , समाजका सचिव शेषराज तिमिल्सिना , समाजसेवी दुर्गा प्रसाद श्रेष्ठ , नारायणदत्त भुषाल लगायत स्थानीय शान्ति युवाक्लबका दिपक गुरु ,तमुसमाजका चित्र बहादुर गुरुङ लगायत सम्पूर्ण सहयोगी मनहरुमा विशेष धन्यवाद सहित आभार व्यक्त गर्दछौ ।
पुरन गिरि
अध्यक्ष
अन्तर्राष्ट्रिय पर्वत समाज परिवार