कोरानावाट मृत्यु भएका परिवारलाई अन्तराष्ट्रिय पर्वत समाजको सहयोग

03 Aug 2022

मंसिर २०, पर्वत । अन्तराष्ट्रिय पर्वत समाजले कोरोना भाइरस (कोभिड–१९) कारण मृत्यु भएका कुश्मा नगरपालिका–१ पाङका रमेश परियारको परिवारलाई आर्थिक प्रदान गरेको छ । रोजगारीको शिलशिलामा दुई बर्ष अगाडि दुबई पुगेका परियारको गत जेठ महिनामा मृत्यु भएको थियो । मृतकका परिवारलाई किरिया खर्च स्वरुप ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको अन्तराष्ट्रिय पर्वत समाज नेपालकी प्रतिनिधी मुना भुषालले जानकारी दिनुभयो । उक्त रकम पीडितको घरमै पुगेर श्रीमती देवी परियारलाई हस्तान्तरण गरिएको थियो । पीडितको नाजुक अवस्था देखेर अन्तराष्ट्रिय पर्वत समाजका सल्लाहकार, एनआरएनएका आईसिसि सदस्य एवम् स्वीडेनका निवर्तमान अध्यक्ष अर्जुनकुमार श्रेष्ठले नगद १० हजार रुपैयाँ सहयोग गर्नुभएको भुषालले बताउनु भयो । उक्त रकम पीडितलाई प्रदान गर्न अन्तराष्ट्रिय पर्वत समाजका अमेरिका प्रतिनिधी बाबुराम शर्मा र अन्तराष्ट्रिय पर्वत समाजका सदस्य एवम् पर्वत समाज स्पेनका अध्यक्ष दिनेश राज रेग्मीले समन्वय गर्नुभएको थियो ।

राहात हस्तान्तरण कार्यक्रममा बोल्दै कुश्मा नगरपालिका–१ पाङका वडा अध्यक्ष देवेन्द्र सुवेदीले अन्तराष्ट्रिय पर्वत समाज प्रति आभार व्यक्त गर्नुभयो । उहाँले रोजगारीको शिलशिलामा दुबई पुगेका परियारको मृत्यु पश्चात कुनै पनि संघसंस्थावाट सहयोग प्राप्त नभएको अवस्थामा समाजले सहयोग गर्नु सह्रनिय कार्य भएको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सुवेदीले स्वर्गिय परियारको दुखद घटनाले सबै दुखी भएको बताउँदै सहयोग रकम किरिया खर्च र कुनै सम्झना योग्य कार्य गर्न अनुरोथ गर्नुभयो ।

अन्तराष्ट्रिय पर्वत समाजका सल्लाहकार अर्जुनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाल प्रतिनिधी मुना भुषाल र संचालन अन्तराष्ट्रिय पर्वत समाजका कानुनी सल्लाहकार केशवराज पुरीले गर्नुभएको थियो । उक्त कार्यक्रममा कुनपा–१ पाङका वडा सदस्य बिरेन्द्र रिजाल नेकपा पर्वतका सचिवालय सदस्य एवम् कुश्मा नगरपालिका–२ खुर्कोटका अध्यक्ष शेषराज रेग्मी, नेपाली काँग्रेस पाङका सभापति खगराज पौडेल लगायतको उपस्थिती रहेको थियो ।