सम्पूर्ण सहयोगी मनहरुमा नमन

03 Aug 2022
सम्पूर्ण सहयोगी मनहरुमा नमन ।।।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण गत जेठमा निधन भएका कुश्मा नगरपालिका–१ पाङ निवासी रमेश परियारका परिवारलाई अन्तराष्ट्रिय पर्वत समाजले किरिया खर्च मार्फत नगद ५० हजार रुपैयाँ आज स्वर्गिय परियारको घरमा पुगेर उनकी श्रीमती देवि परियारलाई समाजका सल्लाहकार अर्जुन कुमार श्रेष्ठ र नेपाल प्रतिनिधि मुना भुसाल र केशवराज पुरीको उपस्थितिमा हस्तान्तरण गरिएको छ ।समाजका अमेरिका प्रतिनिधि बाबुराम शर्मा र समाजका सदस्य एवं पर्वत समाज स्पेनका अध्यक्ष दिनेशराज रेग्मीको समन्वयमा गरिएको हस्तान्तरण कार्यक्रममा उपस्थित भई कार्यक्रमको सोभा बढाईदिनुहुने कुश्मा नगरपालिका–१ पाङका वडा अध्यक्ष देवेन्द्र प्रसाद सुवेदी, वडा सदस्य बिरेन्द्र रिजाल, अन्तराष्ट्रिय पर्वत समाजका सल्लाहकार अर्जुन कुमार श्रेष्ठ, अन्तराष्ट्रिय पर्वत समाजकी नेपाल प्रतिनिधी मुना भुषाल, अन्तर्राष्ट्रिय पर्वत समाज कानुनी सल्लाहकार केशवराज पुरी ,नेकपा पर्वत सचिवालय सदस्य एवम् कुनपा–२ खुर्कोटका अध्यक्ष शेषराज रेग्मी, नेपाली काँग्रेस कुनपा–२ का सभापति खगराज पौडेल , पत्रकार साजन परियार लगायत सम्पूर्ण सहयोगी मनहरुमा विशेष धन्यवाद सहित आभार व्यक्त गर्दछौ ।