अन्तराष्ट्रिय पर्वत समाजको जुम मार्फत शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

03 Aug 2022

कात्तिक ३०, पर्वत । अन्तराष्ट्रिय पर्वत समाजले बिजयादशमी, शुभ दिपावली, छठ पर्व एवम् नेपाल सम्वत्को उपालक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । ‘विविध साँस्कृतिक, सामाजिक, सदभावको सम्मान गरौ, सम्वृद्ध पर्वत अभियानमा हाम्रो दायित्व निस्ठावान पुरा गरौ’ भन्ने मुल नाराका साथ कार्यक्रम आयोजना गरिएको हो ।  विगतका बर्षहरुमा प्रत्यक्ष भेटघाट गरी शुभकामना आदानप्रदान कार्यक्रम राख्ने गरिएको भएपनि यस बर्ष कोरोना भाइरसको महामारीका कारण अनलाईन जुम मार्फत शुभकामना साटासाट गरिएको अन्तराष्ट्रिय पर्वत समाजका बरिष्ठ उपाध्याक्ष एवम् कार्यक्रम संयोजक झलक केसीले जानकारी दिनुभयो । जुम मार्फत भएको कार्यक्रममा पर्वतको विकास र समृद्धिका बारेमा छलफल समेत गरिएको कार्यक्रम संयोजक केसीले बताउनु भयो ।

कार्यक्रमको उद्घाटन गदै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले अन्तराष्ट्रिय पर्वत समाजले जिल्लाको विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । उहाँले मातृभूमिप्रति प्रवासीहरुले देखाएको माया र सद्भावलाई आत्मसाथ गदै जिल्लाको विकास र समृद्धिका लागि सवै एक ढिक्का भएर लाग्नुपर्ने बताउनु भयो । तिमिल्सीनाले विकास निर्माणको क्षेत्रमा पर्वतले फड्को मारिरहेको उल्लेख गदै निश्चित समय र उदेश्यका लागि विदेश गएका प्रवासीहरु स्वदेश फर्किएर आफ्नै माटोमा लगानी गर्नुपर्नेमा जोडदिनुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका तिमिल्सीनाले नेपालीहरुको सौहार्दपुर्ण पर्व दशैँ, शुभ दिपावली छठ पर्वको अवसरमा शुभकामना ब्यक्त गर्दै पर्वतवासीहरुको आपसी सद्भाव, सामाजिक भावना र मर्यादा अझै उचो होस भन्ने कामना गर्नुभयो । उहाँले परम्पराको सम्मान र मर्यादा राख्दै अनलाइन बाटै भएपनि शुभकामना कार्यक्रम राखेकोमा संस्था प्रति आभारका शब्द ब्यक्त गर्नुभयो ।

अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संघिय साँसद पदम गिरी, नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व साँसद अर्जुनप्रसाद जोशी, अमेरिका म्यारिलेण्ड विधान सभा सदस्य ह्यारी भण्डारी, डेनमार्कका राजदूत युबनाथ  लम्साल कोल्वन नगर यूकेका मेयर जगनाथ शर्मा, फलेवास नगरपालिका नगरप्रमुख पदमपाणि शर्मा, जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ल‘रामकृष्ण’ बिहादी गाउँपालिका अध्यक्ष कमलप्रसाद भुषाल, प्रमुख जिल्ला अधिकारी शम्वुप्रसाद रेग्मी, गैर आवसिय नेपाली संघका केन्द्रिय कोषाध्याक्ष महेश श्रेष्ठ, अन्तराष्ट्रिय पर्वत समाजका प्रमुख संरक्षक हितकाजी गुरुङ, संरक्षकहरु कुल आचार्य, सन्तोष जोशी‘सुभाष’, अर्जुन श्रेष्ठ, सुरेन्द्र भुषाल, अन्तराष्ट्रिय पर्वत समाजका सल्लाहकारहरु गंगा भुषाल, खड्कवहादुर केसी, इन्द्रप्रसाद शर्मा, कृष्ण  तिवारी, हिराबल गुरुङ, खड्कवहादुर केसी, इन्द्रप्रसाद शर्मा, कृष्ण  तिवारी, युवनाथ लम्साल, उदयराज गौत्तम अन्तराष्ट्रिय पर्वत समाजका उपाध्याक्ष दिपिका भुषाल, समाजका सचिव शेषराज तिमिल्सीना,  जिल्ला अस्पताल पर्वतका अध्यक्ष गोविन्द पहाडी, पर्वत समाज कतारका अध्यक्ष सविन्द्र श्रेष्ठ, पर्वत समाज बराईनका अध्यक्ष रामहरि शर्मा,पर्वत समाज स्पेनका अध्यक्ष दिनेश राज रेग्मी, पर्वत समाज बेल्जियमका अध्यक्ष भिम जोशी‘रोशन’, पर्वत समाज नेदरल्याण्डस्का अध्यक्ष नरवहादुर रोका, माटो विज्ञ शोभा श्रेष्ठ लगायतले शुभकामना दिनुभएको थियो ।

समाजका बरिष्ठ उपाध्याक्ष एवम् कार्यक्रम संयोजक केसीले स्वागत मन्तव्य राख्दै व्यस्त समयका बाबजुत पनि कार्यक्रममा उपस्थित शोभा बढाईदिनु भएकोमा प्रमुख अतिथी, बिशिष्ठ अतिथी, जनप्रतिनिधी, राजनितिक दलका प्रतिनिधी, अन्तराष्ट्रिय पर्वत समाजका प्रमुख संरक्षक, सल्लाहकार र सामजिक अभियान्ता एवम् पत्रकारहरुलाई धन्यवाद दिँदै स्वागत गर्नुभएको थियो । कार्यक्रममा धन्यवाद मन्तव्य अन्तराष्ट्रिय पर्वत समाजका प्रवक्ता मणिले दिनुभएको थियो । कार्यक्रमको संचालन अन्तराष्ट्रिय पर्वत समाज महासचिव गुणराज शर्मा (गुराँश)ले गर्नुभएको थियो । उक्त कार्यक्रममा कलाकार बिमलराज क्षेत्री, कस्तुप पन्त र कृष्ण समिप सुवेदी लगायतले साँगितिक कोसेली प्रस्तुती  गर्नुभएको थियो ।