अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वत वेलफेर सोसाइटी यूकेका निर्वाचित कार्य समितिलाई बधाई ज्ञापन

03 Aug 2022

कात्तिक २४, पर्वत । अन्तराष्ट्रिय पर्वत समाजले पर्वत वेलफेर सोसाइटी यूकेको ०८ नोभेम्वर २०२० आइतबार सम्पन्न भएको आठौँ अधिवेशनवाट पुन : निर्वाचित अध्यक्ष नेत्र आले सहित सम्पूर्ण पदाधिकारीहरुलाई बधाई ज्ञापन गरेको छ । समाजले नयाँ कार्य समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गदै समृद्ध पर्वत निर्माणमा पर्वतेहरुले देखेको सपना पुरा गर्न पर्वत वेलफेर सोसाइटी यूकेले रचनात्मक भूमिका खेल्ने विश्वास लिएको छ ।
शुभकामनामा सन्देशमा भनिएको छ,‘ पर्वत वेलफेयर सोसाइटी यूके परिपुरक संस्था भएकाले समृद्ध पर्वत निर्माणको अभियानमा अन्तराष्ट्रिय पर्वत समाजलाई आगामी दिनमा अझै मजबुत रुपमा सहयोग, साथ र समन्वय रहेने विश्वास सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।’
पर्वत वेलफेयर सोसाइटी यूकेको आठौँ अधिवेशनले नेत्र आलेलाई पुन ः अध्यक्षमा निर्वाचित गरेको छ
आईतवार भएको अधिवेशनले नयाँ कार्य समितिको बरिष्ठ उपाध्याक्षमा बिनोद पुरी, उपाध्यक्षमा अप्सरा गुरुङ र सुरज पौडेल, महासचिवमा प्रकाश न्यौपाने, सचिवमा सरोज केसी र भिमलाल भट्टराई, कोषाध्यक्षमा कुलराज गुरुङ, सह–कोषाध्यक्षमा यम थापा र सन्जय भण्डारी निर्वाचित हुनुभएको छ । समितिको सदस्यहरुमा भिम पुर्जा, नारायण गिरी, राजकुमार गुरुङ (बाबु), होमविक्रम मल्ल, प्रकाश पुन, पार्वती थापा, पार्वती पुन, ध्रुव दत्त, कल्पना गुरुङ, शोभा थापा, चन्दन गुरुङ, शान्ता गुरुङ र लिडिया गुरुङ निर्वाचित हुनुभएको छ ।