अन्तर्राष्ट्रिय पर्वत समाज मार्फत बिहादी गाउँपालिका–५ उरामपोखरा र शालिग्रामका गएको पहिरोका कारणले पिडित ६ जना तथा अति विपन्न परिवारको जिविकोपार्जनका सहयोग पु¥याउने उद्देश्य सहित बिहादी ५ का पहिरो पीडित भागिरथी काफ्लेलाई २५ हजार, चोलाकान्त काफ्लेलाई १२ हजार ५ सय, डिल्लीराम काफ्लेलाई १२ हजार पाँच सय, अति विपन्न चुडामणि तिवारीलाई २५ हजार र अति विपन्न तथा एकल महिला लालुमया नेपालीलाई २५ हजार त्यस्तै बिहादी ६ शालिग्रामका अति विपन्न तथा पहिरो पीडित मोतीलाल न्यौपानेलाई ५० हजार रुपैयाँ गरि एक लाख पचास हजार रुपैया सहयोग प्रदान गरिएको छ ।उक्त हस्तान्तरण कार्यक्रममा उपस्थित भै दिनु बिहादी गाउँपालिका–५ उरामपोखराका वडा सदस्य छविलाल काफ्ले, शालिग्रामका वडा सदस्य शिवलाल न्यौपाने, पैयु गाउँपालिका–४ हुवासका बरिष्ठ समाजसेवी दुर्गाप्रसाद श्रेष्ठ, विहादीका अर्को समाजसेवी खगेश्वर काफ्ले, ताराप्रसाद भुषाल, ईलाका प्रशासन कार्यालय हुवासका नासू तिला बलल्भ काफ्ले लगायत संयोजक परशुराम पौडेल एवं पहिरो पीडित सहयोग समिती , मुख्य समन्वयकर्ता समाजका सदस्य भिमलाल भट्टाराई साथै सहजकर्ताको भूमिका समाजका प्रवक्ता मणि भुर्तेल र समाज सदस्य सबिन्द्र श्रेष्ठ सहित सम्पुर्ण सहयोगि मन हरुमा हार्दिक धन्यवाद सहित आभार ब्यक्त गर्दछौ ।