मुख्यसचिव भएकोमा बैरागीलाई अन्तराष्ट्रिय पर्वत समाजको बधाई

03 Aug 2022

असोज १६, पर्वत । सरकारले परराष्ट्र मन्त्रालयको सचिव शंकरदास बैरागीलाई नयाँ मुख्यसचिव बनाएकोमा अन्तराष्ट्रिय पर्वत समाजले बधाई व्यक्त गरेको छ । पर्वतको गरिमा बढाएको र कर्मचारी प्रसासनको माथिल्लो तहमा पुगेपछि प्रवासी नेपालीहरुको पनि शिर उँचो भएको भन्दै समाजले बैरागीलाई बधाई दिएको हो । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको थियो । बैरागी पर्वत जिल्लाबाट प्रशासनिक क्षेत्रको सबैभन्दा माथिल्लो पद मुख्यसचिब बन्ने पहिलो ब्यक्ति हुनुहुन्छ । उहाँ जिल्लाको जलजला गाउँपालिकाको माझफाँटका बासिन्दा हुनुहुन्छ । राजनीतिक क्षेत्रमा राष्ट्रियसभा जस्तो माथिल्लो तहमा जनप्रतिनिधी पुगेपनि कर्मचारी प्रसासन तर्फ माथिल्लो तहमा पुग्ने न्यून छन् ।

‘प्रशासनिक क्षेत्रमा सबैभदा माथिल्लो पद पर्वतले पाएकोमा हामी गौरन्वित भएका छा,ैँ’अन्तराष्ट्रिय पर्वत समाजले भनेकोछ,‘निजामति सेवाको सर्वोच्च पद नेपाल सरकारको मुख्य सचिवमा नियुक्त हुनेभएकोमा हामी पर्वर्तेली गौरवान्वित भएका छौँ ।’ अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले जिल्लाको पहिचान बढाउन बैरागीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । उहाँले जिल्लाले एक सपूत जन्माएको र अहिले सर्बोच्च निकायमा पुगेकोमा खुशी लागेको बताउनुभयो ।

बैरागी असाधारण क्षमता, इमान्दारिता र निष्ठाका पर्याय तथा अनुभावका खानी भएको जनाउँदै आफ्नै मेहनत र परिश्रमले महत्वपूर्ण जिम्मेवारीमा पुगेर पर्वत जिल्लाको नामलाई चिनाउन सफल भन्दै बधाई तथा सफल कार्यकालको कामना गरेको समाजले जनाएको छ । नेपाल सरकारले परराष्ट्र मन्त्रालयको मुख्यसचिवमा शंकरदास बैरागीलाई नियुक्त गरेपछि जिल्लावासीको तर्फवाट सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामनाको लहर चलेको छ । अन्तराष्ट्रिय पर्वत समाजले बिदेशमा रहेका सबै नेपालीहरु सरकारले बैरागीलाई मूख्य सचिवमा नियुक्त गरेकोमा धन्यबाद दिएको छ ।