अन्तराष्ट्रिय पर्वतका समाजका अध्यक्ष पुरन गिरीद्धारा बाढिपहिरो पीडितलाई आर्थिक सहयोग

03 Aug 2022

असोज १३, पर्वत । अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले जन्मदिनको अवसरमा बाढि पहिरो पीडितलाई आर्थिक सहयोग गर्नुभएको छ । भदौ २८ गते अबिरल बर्षसँगै आएको बाढि पहिरोवाट ज्यान गुमाएकी फलेवास नगरपालिका–४ मुडिकुवाकी निकिता विकको परिवारलाई राहात स्वरुप १५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको हो ।

उक्त रकम पत्रकार साजन परियारको हातवाट पीडितको घरमा पुगेर निकिताकी बुवा नविन विकलाई हस्तान्तरण गरिएको छ ।पर्वतको कुश्मा बजार निवासी गिरी हाल यूके (बेलायत) मा हुनुहुन्छ । प्राकृतिक विपतवाट ज्यान गुमाएको परिवारको दुःखमा सामेल हुन नपाएपनि सहनुभूति स्वरुप आर्थिक रकम सहयोग गरेको उहाँको भनाई छ । गण्डकी संचार सँग कुराकानी गदै अध्यक्ष गिरीले आफु निकिताको मृत्युको खवरले निकै दुखी भएको समेत बताउनु भयो । जन्मदिनमा भोज भतेरमा गरिने खर्चले कुनै अर्थ नराख्ने भन्दै उहाँले केही वर्षदेखि आफूले सामाजिक र परोपकारी काममा सहयोग गर्दै आएको बताउनुभयो ।

अध्यक्ष गिरीले केही बर्ष अगाडी आफ्नो छोरी सुस्मिता गिरीकोे जन्मदिनमा कुश्मा गोदममा अवस्थित युवा बर्ष प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको थियो । यूकेका सफल व्यवसायी समेत रहेको गिरीले जिल्लामा आउने भैपरी तथा प्राकृतिक विपदवाट समस्यामा परेका नागरिकलाई पनि सहयोग गदै आउनु भएको छ ।

साथै गिरीले आफ्नो जन्मदिनको अवसरमा विभिन्न माध्यमवाट शुभकामना व्यक्त गर्ने महानुभावहरुलाई धन्यवाद दिनुभएको छ । ‘मलाई शुभकामना दिनेहरुलाई म हृदयदेखी धन्यवाद दिन चाहान्छु, गिरीले भन्नुभयो,‘सबै साथीभाई, इष्टभित्र, आफन्त र शुभचिन्तकको कारणले आज म जहाँ छु, उहाँहरुको आर्शिवाद र मायाका कारणले छु,।’