पर्वतका लामिछाने ‘सुप्रवल जन सेवाश्री’ बाट सम्मानित, अन्तराष्ट्रिय पर्वत समाजद्धारा खुशी व्यक्त

03 Aug 2022

असोज ३, पर्वत । लण्डनका सफल व्यवसायी तथा समाजसेवी रविजंग लामिछाने ‘सुप्रवल जन सेवा श्री’ पदकवाट सम्मानित हुनुभएको छ । पर्वतको मोदी गाउँपालिका–५ तिलाहारमा जन्मिएर लामो समयदेखी राष्ट्र हितमा काम गदै आउनुभएका लामिछानेलाई संविधान दिवसको अवसरमा सम्मानित हुनुभएको हो । उहाँलाई नेपाल सरकारको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान गर्नुभएको हो । प्रवासमा भएर पनि मुलुकको हकहितका काम गदै भन्दै उहाँलाई बिभुषित गरिएको हो । सरकारले मुलुकको विकासमा महत्वपूर्ण योगदान पु¥याए वापत हरेक बर्ष संविधान दिवसको अवसरमा ‘सुप्रवल जन सेवा श्री’ पदक प्रदान गदै आएको छ । मुलुकको हितका लागि निस्वार्थ भावनाले योगदान पु¥याएको भन्दै लामिछानेलाई सम्मान गरेको हो ।

राज्यवाट पहिलो पटक यति ठुलो सम्मान पाउँदा आफु निकै भावूक भएको समाजसेवी लामिछानेले बताउनु भयो । उहाँले भन्नुभयो,‘मुलुकको लागि धेरै योगदान गरेको छु, आगामी दिनमा पनि मुलुकको हित र विकासका लागि काम गर्ने अठोट छ ।,’ लामिछानेले आफुलाई गरेको सम्मान सम्पूर्ण प्रवासी नेपालीहरुलाई राज्यले गरेको सम्मानका रुपमा लिएको बताउनु भयो ।

लामिछानेले मुलुकको हकहितका लागि थुप्रै काम गदै आउनु भएको छ । उहाँको कोभिढ–१९ को रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धी सरकारको कोषमा १५ लाख १७ हजार ७२७ रुपैयाँ सहयोग गर्नुभएको थियो । व्यवसायी लामिछानेले यसअघि भूकम्पको बेला केन्द्रीय राहत कोषमा ५१ लाख रुपैयाँ व्यक्तिगत सहयोग गर्नुभएको थियो भने सिन्धुपाल्चोक जुरेको पहिरोको बेला पनि सहयोग गर्नुभएको थियो । उहाँले भूकम्पको बेला ८ करोड बराबरका कपडा सरकारलाई हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै लामिछानेले स्वदेशमा मात्र नभई विदेशमा पनि विभिन्न सामजिक कार्य गदै आउनु भएको छ ।

अन्तराष्ट्रिय पर्वत समाजद्धारा खुशी व्यक्त

अन्तराष्ट्रिय पर्वत समाजले समाजसेवी रविजंग लामिछाने ‘सुप्रवल जन सेवा श्री’ पदकवाट सम्मानित भएकोमा खुशी व्यक्त गरेको छ । पर्वत जिल्लामा जन्मिएर लामो समयदेखी लण्डनमा व्यवसाय गदै आउनु भएका सफल व्यवसायी लामिछाने संविधान दिवसको अवसरमा ‘सुप्रवल जन सेवा श्री’ नामक पदकवाट सम्मानित हुनुभएकोमा अन्तराष्ट्रिय पर्वत समाजले खुशी व्यक्त गदै बधाई तथा शुभकामना व्यक्त गरेको हो । लामिछानेको पदकले जिल्लाको शान बढेको समाजले जनाएको छ । लाामिछाने अन्तराष्ट्रिय समाज समाजका संरक्षक हुन् ।