अन्तर्राष्ट्रिय पर्वत समाजको सहयोगमा पर्वत समाज स्पेनद्वारा आर्थिक सहयोग

03 Aug 2022

बार्सिलोना स्पेन। कोरोना भाइरस (कोभिड १९) ले बिश्वब्यापी रुपमा निम्त्याएको महामारीको विषम परिस्थितिका कारण खास गरि बिदेशमा रहका पर्वतेलि दाजुभाइ दिदी बहिनीहरुलाई पर्न गएको समस्यालाई मध्यनजर गर्दै अन्तराष्ट्रिय पर्वत समाजको सहयोगमा पर्वत समाज स्पेनले आर्थिक सहयोग गरेको छ ।

८ जुलाईमा बार्सिलोना सहरमा एक कार्यक्रम आयोजना गरि समाजले समस्यामा रहेका आफ्ना सदस्यहरुलाई आर्थिक सहयोग बितरण गरेको हो।

उक्त कार्यक्रममा समाजका पूर्वउपाधक्ष्य एबं अन्तरास्ट्रिय पर्वत समाजका सल्लाहकार इन्द्रप्रसाद शर्मा तथा अन्तरास्ट्रिय पर्बत समाजका सल्लाहकार गंगा प्रसाद भूषालको समुपस्थितिमा पर्वत समाज स्पेनका संरक्षक ओमर गुरुङले आफ्नो मन्तब्य राखेका थिए । कार्यक्रमको अध्यक्षता पर्बत समाज स्पेनका अध्यक्ष दिनेशराज रेग्मीले गरेका थिए भने संचालन समाजका महासचिब अनन्त लामिछानेले गरेका थिए ।

पर्वत जिल्ला र संसारभर छरिएर रहेका पर्बतेलीहरुलाई सहयोग गर्नका लागि स्थापित अन्तरास्ट्रिय पर्बत समाजले यस बिश्वब्यापी कोरोना महामारीको कारण प्रभावित पर्बतेलीहरुलाई सहयोग गर्न भनि कोरोना आकस्मिक कोष स्थापना गर्ने घोषणा गरी विभिन्न मुलुकमा छरिएर रहेका आफ्ना सदस्यहरुसँग कोषमा आर्थिक सहयोग जम्मा गर्नका लागि आब्हान गरेको थियो।

संसारभर विभिन्न देशमा स्थापना भएका पर्वत समाज हरुसंग हातेमालो गर्दै समस्त पर्बतेलीहरुको सहयोग संजाल स्थापना गर्ने पबित्र उदेश्य लिएर अगाडी बढिरहेको अन्तरास्ट्रिय पर्बत समाज र स्पेनमा रहनुभएका पर्बतेलीहरुको हितमा काम गरिरहेको पर्बत समाज स्पेनको सहकार्यको मर्म अनुसार यस महामारीको समयमा स्पेनबासी पर्बतेलीहरुलाई दुबै संस्थाको समन्वयमा के कस्तो सहयोग प्रदान गर्न सकिन्छ भनेर दुवै संस्थाका प्रतिनिधिबीच विभिन्न चरणमा छलफल समेत भएको थियो।

पर्वत समाज स्पेनका अध्यक्ष दिनेशराज रेग्मिका अनुसार कोभिड– १९ माहामारीका कारण स्पेन बिशेष प्रभावित देश भएकोले साथै लामो समयसम्म लकडाउन पनि भएकाले गर्दा स्पेनमा बसोबास गर्ने पर्वतेलिहरुमा बिशेस गरी बैधानिक बसोबास र काम गर्ने कागज पाउने प्रकियामा रहेका साथिहरूलाइ पर्ने गएको प्रमुख समस्या आर्थिक समस्या नै हो भन्ने पहिचान भए पश्चात अन्तराष्ट्रिय पर्वत समाजसंग सहयोगका लागि अनुरोध गरिएको थियो ।

अन्तराष्ट्रिय पर्वत समाजले निर्माण गरेको कोरोना आकस्मिक कोष मार्फत यहाँ स्पेनमा रहेका पर्वतेलि दाजुभाइ तथा दिदिबहिनीहरुमा लकडाउनका कारण काम छुट्न गई पर्न गएको आर्थिक अप्ठ्यारोमा अन्तराष्ट्रि पर्वत समाज तथा पर्वत समाज स्पेन आफ्ना सदस्यहरूको हरेक सुखदुखमा साथसाथै हिड्ने संस्थाको बचनबद्धतालाई आत्मसाथ गर्दै १३ जना सदस्यहरुलाई १०० युरोका दरले आर्थिक सहयोग बितरण गरिएको अध्यक्ष रेग्मीले बताए । अध्यक्ष रेग्मीले अन्तराष्ट्रिय पर्वत समाजलाई यो सहयोगका लागि हार्दिक धन्यवाद एबम आभार ब्यक्त गरेका छन् । उनलेआगामि दिनहरुमा पनि अन्तरास्ट्रिय पर्बत समाज र पर्बत समाज स्पेन बिच यस्तै सहयोग र समिप्यता रहनेमा पुर्ण विश्वास व्यक्त गरेका छन्।

सहयोग प्राप्त गर्ने एक सदस्यले ‘हाम्रो समस्यालाई नियुनिकरण गर्न पहल गर्ने पर्बत समाज स्पेन र सहयोग गर्ने अन्तरास्ट्रिय पर्बत समाज प्रती हार्दिक कृतज्ञता प्रकट गर्दछौँ र समाज समाज का कार्यक्रम मा सधै साथ र सहयोग गर्ने प्रतिबद्धता बेक्त गर्दछौँ ‘ भन्दै यस्तो दुखको घडीमा नगद आर्थिक सहयोग पाएकोले आफ्नो खुसीको सिमा नै नरहेको भनि खुशी ब्यक्त गरे ।

कोभिड– १९ ले सुरुवाती अवस्थामा निम्त्याएको समस्यामा परेका प्रति सदस्यलाई ५० युरो बराबरको खाधान्न सहयोग गरेको पर्बत समाज स्पेनले आफ्ना सदस्यहरुलाई गाह्रो सारो परेको जुनसुकै अवस्थामा पनि सहयोगबाट बन्चित हुन नपरोस् भनि विभिन्न किसिमका सहयोगका कार्यक्रमहरुलाई जोडतोडका साथ अगाडी बढाएको छ।