अन्तराष्ट्रिय पर्वत समाजको सहयोगमा पर्वत समाज स्पेन द्वारा आर्थिक रकम हस्तान्तरण

03 Aug 2022

८ जुलाई , बार्सिलोना स्पेन । कोरोना (Covid- 19) बिश्वब्यापी महामारीले निम्त्याएको विषम परिस्थितिका कारण खास गरि बिदेशमा रहनु हुने पर्वतेलि दाजुभाइ दिदी बहिनीहरुलाइ पर्न गएको आर्थिक समस्या लाई मध्यनजर गर्दै अन्तराष्ट्रिय पर्वत समाजको सहयोगमा पर्बत समाज स्पेनले समस्यामा रहनु भएका आफ्ना सदस्यहरुलाई स्पेनको बार्सिलोना सहरमा एक कार्यक्रम आयोजना गरि आर्थिक सहयोग बितरण गरेको छ। उक्त कार्यक्रममा समाजका पूर्व उपाधक्ष्य एबं अन्तरास्ट्रिय पर्बत समाजका सल्लाहकार श्री इन्द्र प्रसाद शर्मा तथा अन्तरास्ट्रिय पर्बत समाजका सल्लाहकार श्री गंगा प्रसाद भूषालको समुपस्थितिमा पर्बत समाज स्पेनका संरक्षक श्री ओमर गुरुङले आफ्नो मन्तब्य राख्नुभएको थियो। कार्यक्रमको अध्यक्षता पर्बत समाज स्पेनका अध्यक्ष्य श्री दिनेश राज रेग्मीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन समाजका महासचिब श्री अनन्त लामिछानेले गर्नुभएको थियो।

पर्बत जिल्ला र संसारभर छरिएर रहनुभएका पर्बतेली हरुलाई सहयोग गर्नका लागि स्थापित अन्तरास्ट्रिय पर्बत समाजले यस बिश्वब्यापी कोरोना महामारीको कारण प्रभावित पर्बतेलीहरुलाई सहयोग गर्न भनि कोरोना आकस्मिक कोष स्थापना गर्ने घोषणा गरी विभिन्न मुलुकमा छरिएर रहनुभएका आफ्ना सदस्यहरुसंग कोषमा आर्थिक सहयोग जम्मा गर्नका लागि आब्हान गरेको थियो। संसारभर विभिन्न देशमा स्थापना भएका पर्बत समाज हरुसंग हातेमालो गर्दै समस्त पर्बतेलीहरुको सहयोग संजाल स्थापना गर्ने पबित्र उदेश्य लिएर अगाडी बढिरहेको अन्तरास्ट्रिय पर्बत समाज र स्पेनमा रहनुभएका पर्बतेलीहरुको हितमा काम गरिरहेको पर्बत समाज स्पेनको सहकार्यको मर्म अनुसार यस महामारीको समयमा स्पेनबासी पर्बतेलीहरुलाई दुबै संस्थाको समन्वयमा के कस्तो सहयोग प्रदान गर्न सकिन्छ भनेर दुवै संस्थाका प्रतिनिधिबीच विभिन्न चरणमा छलफल समेत भएको थियो। पर्वत समाज स्पेनका अध्यक्ष दिनेश राज रेग्मिका अनुसार COVID-19 माहामारीका कारण स्पेन बिशेष प्रभावित देश भएकोले साथै लामो समय सम्म लकडाउन पनि भएकाले गर्दा स्पेनमा बसोबास गर्ने पर्वतेलिहरुमा बिशेस गरी बैधानिक बसोबास र काम गर्ने कागज पाउने प्रकियामा रहनु भएका साथिहरूलाइ पर्ने गएको प्रमुख समस्या आर्थिक समस्या नै हो भन्ने पहिचान भए पश्चात अन्तराष्ट्रिय पर्वत समाजसंग सहयोगका लागि अनुरोध गरिएको थियो।

अन्तराष्ट्रिय पर्वत समाजले निर्माण गरेको कोरोना आकस्मिक कोष मार्फत यहाँ स्पेनमा रहनु भएका पर्वतेलि दाजुभाइ तथा दिदिबहिनीहरुमा लकडाउनका कारण काम छुट्न गई पर्न गएको आर्थिक अप्ठ्यारोमा अन्तराष्ट्रि पर्वत समाज तथा पर्वत समाज स्पेन आफ्ना सदस्यहरूको हरेक सुखदुखमा साथसाथै हिड्ने संस्थाको बचनबद्धतालाई आत्मसाथ गर्दै १३ जना सदस्सहरुलाइ १०० /- युरोका दरले आर्थिक सहयोग बितरण गरिएको हो। यस सहयोगका लागि पर्वत समाज स्पेनले अन्तराष्ट्रिय पर्बत समाज लाई हार्दिक धन्यवाद एबम आभार ब्यक्त गर्दछ भनि पर्बत समाज स्पेनका अध्यक्ष दिनेश राज रेग्मीले धन्यवाद ज्ञापन गर्नु भयो ।

आगामि दिनहरुमा पनि अन्तरास्ट्रिय पर्बत समाज र पर्बत समाज स्पेन बिच यस्तै सहयोग र समिप्यता रहनेमा पुर्ण बिश्वस रहेको कुरा पनि रेग्मीले जनाउनुभयो। साथै, सहयोग प्राप्त गर्ने एक सदस्यले “हाम्रो समस्या लाई नियुनिकरण गर्न पहल गर्ने पर्बत समाज स्पेन र सहयोग गर्ने अन्तरास्ट्रिय पर्बत समाज प्रती हार्दिक कृतज्ञता प्रकट गर्दछौँ र समाज समाज का कार्यक्रम मा सधै साथ र सहयोग गर्ने प्रतिबद्धता बेक्त गर्दछौँ ” भन्दै यस्तो दुखको घडीमा नगद आर्थिक सहयोग पाएकोले आफ्नो खुसीको सिमा नै नरहेको भनि खुशी ब्यक्त गर्नुभयो। ” पहिला पनि COVID-19 ले सुरुवाती अवस्थामा निम्त्याएको समस्यामा परेका प्रति सदस्यलाई ५० /- युरो बराबरको खाधान्न सहयोग गरेको पर्बत समाज स्पेनले आफ्ना सदस्यहरुलाई गाह्रो सारो परेको जुनसुकै अवस्थामापनि सहयोगबाट बन्चित हुन नपरोस् भनि विभिन्न किसिमका सहयोगका कार्यक्रमहरुलाई जोडतोडका साथ अगाडी बढाएको छ।