सम्पुर्णमा सहयोगी मनहरुमा नमन ।।

03 Aug 2022
सम्पुर्णमा सहयोगी मनहरुमा नमन ।।
अन्तराष्ट्रिय पर्वत समाजले एक स्थानीय निकाय एक स्वास्थ्य चौकीलाई सहयोग गर्ने निर्णय अनुसार आज सल्लाहकार ईन्द्र शर्माको सक्रियता र समन्वयमा लुन्खु देउराली प्राथमिक उपचार केन्द्र ,महाशिला - ४
समाजका सह कोषाध्यक्ष किरन पुनको सक्रियता र समन्वयमा सालिजा स्वास्थ्य चौकी ,जलजला - ६
क्याङ स्वास्थ्य चौकी ,मोदि - ४, समाजका उपाध्यक्ष गोविन्द पौडेल , सदस्य द्द्य दिनेशराज रेग्मी र बाबुराम शर्माको सक्रियता र समन्वयमा खुर्कोट स्वास्थ्य चौकी ,कुश्मा -२ , समाजका नेपाल प्रतिनिधि मुना भुसालको सक्रियता र समन्वयमा बाच्छा स्वास्थ्य चौकी ,बिहादी - १ र समाजका सचिव द्द्य प्रकाश पौडेल र शेषराज तिमिल्सिनाको सक्रियता र समन्वयमा लिमिठाना स्वास्थ्य चौकी , फलेवास -७ लाई सहयोग गरिएको स्वास्थ्य सामग्री नेपाल प्रतिनिधि मुना भुसालजिको ब्यवस्थापनमा समाजका संरक्षक सुभाष जोशीज्युको समन्वयमा यहि शनिवार समाजका सल्लाहकार अर्जुन कुमार श्रेष्ठ र कानुनी सल्लाहकार केशवराज पुरीजिको उपस्थितिमा हस्तान्तरण गर्न गरिएको जानकारी गराउदछु ।यस अघि नै समाजले सदस्य एवं पर्वत वयफेयर सोसाईटी यूकेका अध्यक्ष नेत्र आलेको सक्रियता र समन्वयमा हुवास स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेको छ।यस पुण्य कार्यमा अमुल्य समय दिई नेपालमा समन्वय गरि दिनुहुने समाजका संरक्षक सुभाष जोशिज्यु , सामग्रीको ब्यवस्थापन गरिदिनु हुने नेपाल प्रतिनिधि मुना भुसालज्यु , हस्तान्तरणका लागि सहजता ब्यवस्थापन गरिदिनु हुने समाजका सल्लाहकार अर्जुन श्रेष्ठ , समाजका कानुनी सल्लाहकार केशवराज पुरी , त्यस्तै कार्यक्रममा उपस्थित भै दिनुहुने जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल रामकृष्ण, मोदी गाउँपालिका ंअध्यक्ष प्रेम पौडेल, कुश्मा नगरपालिका–२ का वडा अध्यक्ष यदुनाथ बास्तोला, मोदी गाउँपालिका देउरालीका वडा अध्यक्ष विकास तिमिल्सीना, समाजसेवि सुन्दर जोशी ,समाजसेवि शेषराज रेग्मी , सामजिक व्यक्तित्व अशोक उचै ठकुरी, डाक्टर चुडामणि शर्मा, कुलप्रसाद उपाध्याय ,हल उपलब्ध गराई सहयोग गर्नु हुने बेन्जु होटलका विषम श्रेष्ठ लगायत कार्यक्रममा उपस्थित सम्पूर्णमा सामजिक व्यक्तित्व एवम् पत्रकार सहित यस कार्य सम्पन्न गर्न आर्थिक सहयोग हुने सम्पुर्ण सहयोगी मनहरुमा हार्दिक धन्यवाद दिन चाहन्छौं ।