अन्तराष्ट्रिय पर्वत समाजद्धारा स्पेनका पर्वतेलीलाई आर्थिक सहयोग

03 Aug 2022

पर्वत । अन्तराष्ट्रिय पर्वत समाज कारेनाका कारण समस्यामा परेका पर्वतेर्ली नागरिकको सहयोगार्थ जुटेको छ । विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड-१९) को रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनका कारण अहिले रोजगारीको शिलशिलामा विदेशमा रहेका नेपाली रोजगार बिहिन भएका छन् । यस्तो अवस्थामा अन्तराष्ट्रिय पर्वत समाजले पर्वतेली नागरिकको सहयोग गदै आएको छ ।

लकडाउनका कारण भारतको दिल्लीमा समस्यामा परेका नागरिकलाई खाद्यान्न वितरण गर्नुका साथै उनीहरुलाई नेपाल  पठाउन समन्वय गरेको समाजले जिल्ला अस्पताल पर्वतलाई पिपिई लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको थियो । त्यस्तै पैयु गाउँपालिका-४ हुवासमा अवस्थित हुवास स्वास्थ्य चौकीलाई पनि पिपिई लगायतका स्वास्थ्य सामग्री सहयोग गरिसकेको समाजले फेरी लकडाउनका कारण स्पेनमा रहेका  पर्वतेली नागरिकहरुको सहयोगार्थ जुटेको हो ।

अन्तराष्ट्रिय पर्वत समाजले रोजगारीको शिलशिलामा स्पेनमा पुगेर स्थायी बसोवासको अनुमती नपाएका पर्वतेली नागरिकलाई प्रन्ध सय यूरो (झण्डै २ लाख रुपैयाँ) सहयोग गरेको हो । कोरोना भाइरसवाट पर्न गएको असरलाई मध्येनजर गदै उनीहरुलाई आर्थिक सहयोग गरेको समाजले जनाएको छ ।

पर्वत समाज स्पेनले आर्थिक सहयोग को माग  गरेको थियो । समाजले उनीहरु लाई आर्थिक सहयोग  उपलव्ध गराउने निर्णय गरेको छ । अन्तराष्ट्रिय पर्वत समाजका संरक्षक एवम् उच्च स्तरिय समितीका  सदस्य सुभाष जोशीको समन्वय रकम प्रदान गर्न लागिएको हो । जोशीले उनीहरुलाई रकम प्रदान गर्न समन्वयत्मक भूमिका खेल्दै आउनु भएको छ । पर्वत नेपाल सँग कुराकानी गदै जोशीले लकडाउनका कारण कोठा भाडा तिर्न समेत समस्यामा परेका पर्वतेली नेपालीहरुलाई राहात स्वरुप रकम प्रदान गर्न लागेको जानकारी दिनुभयो । अन्तराष्ट्रिय पर्वत समाजले कोरोना भाइरसको संक्रमणलाई मध्येनजर गदै आपतकालीन कोरोना राहात कोष स्थापना गरेको हुँदा सोही कोषवाट रुकम प्रदान उनीहरुलाई रकम प्रदान गर्न लागिएको जानकारी दिनुभयो ।

पर्वत समाज स्पेनका अध्यक्ष दिनेश राज रेग्मीका अनुसार स्पेनमा स्थायी बसोवासको अनुमती नपाएर समस्यामा परेका पर्वतेली नागरिकहरुलाई आर्थिक सहयोग स्वरुप रकम वितरण गर्ने लागिएको हो ।   ‘हाम्रा सदस्यहरुलाई सहयोग गर्नु  हाम्रो कर्तव्य हुनाले अन्तराष्ट्रिय पर्वत समाजसँग पहल गरेका हौ ,–अध्यक्ष रेग्मीले भन्नुभयो । हालसम्म स्पेनमा कागजी प्रकृयामा रहेका  १५ जना पर्वतेली दाजुभाइ तथा दिदी बहिनीहरु सम्पर्कमा आएको उहाँको भनाई छ ।

पर्वत समाज स्पेनले यस अघि लकडाउनवाट प्रभावित बनेका ८ जना पर्वतेली नागरिकहरुलाई खाद्यान्न सहयोग गरिसकेको छ ।

अन्तराष्ट्रिय पर्वत समाजका संरक्षक एवम् उच्च स्तरिय समितीका  सदस्य सुभाष जोशीको समन्वय रकम प्रदान गर्न लागिएको हो । ज्ञ