पहिरोका कारण भएको मानविय क्षतिप्रति अन्तराष्ट्रिय पर्वत समाजद्धारा दुःख व्यक्त

03 Aug 2022

३२ जेठ, काठमाण्डौं । अन्तराष्ट्रिय पर्वत समाजले पर्वतको दुर्लुङ ३ मा पहिरोका कारण ६ को मृत्यु र २ बेपत्ता हुने गरी भएको घटनामा दुःख व्यक्त गरेको छ ।

समाजले आइतबार एक विज्ञप्ति जारी गर्दै मृतकमा श्रद्धान्जलि, परिवारमा समवेदना र घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

‘हार्दिक समबेदना एब सिघ्र स्वास्थ्य लाभको कामना हिजो साँझ (३१\०२\२०७७) मा परेको भिषण बर्षाको कारण कुश्मा नगरपालिका ३ दुर्लुङ्ग ढकालबारीमा गएको पहिरोले हुन गएको मानवीय तथा आर्थिक क्षतिप्रति स्तब्ध छौ,’ समाजद्धारा जारी विज्ञिप्तमा भनिएको छ, ‘यस प्राकृतिक बिपत्तिमा परि मृत्यु भएका मृतकप्रति हार्दिक श्रन्दाजली, घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना । साथै पीडितहरुलाई खान बस्न, बेपत्ता खोजी उचित ब्यबस्था मिलाउन सम्पूर्ण सरोकारवालाहरुलाई अनुरोध गर्दछौ । बेपत्ताको खोजी कार्य नेपाली सेना,प्रहरी र स्थानियबाट भैरहेको जानकारी प्राप्त अनुसार धन्यबाद सहित उचित ब्यबस्थापन हुनेमा बिस्वस्त छौं ।’