दुर्लुङमा भएको घटनाप्रति अन्तराष्ट्रिय पर्वत समाजद्धारा दुःख व्यक्त

03 Aug 2022

जेठ ३२, पर्वत । पर्वत जिल्लामा जन्मिएर रोजगारीको शिलशिलामा प्रवासमा पुगेका पर्वतेलीहरुको साझा संस्था अन्तराष्ट्रिय पर्वत समाजले दुर्लुङमा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । जिल्लाको कुश्मा नगरपालिका वडा नम्वर ३ दुर्लुङ ढकालबारीमा अविरल बर्षासँगै शनिवार राती गएको पहिरोमा परिएर आठ जनाको निधन र एक जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेको हो ।

समाजले आज एक विज्ञप्ती जारी गदै गृह जिल्ला पर्वतमा भएको मानवीय तथा भौतिक क्षतीको घटनाले मर्माहित  बनाएको भन्दै प्राकृतिक विपत्तिमा परि मृत्युभएकाप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथैे परिवारजनामा समावेदना व्यक्त गरेको छ ।

अन्तराष्ट्रिय पर्वत समाजले पीडितहरलाई खान, बस्न र बेपत्ताको खोजी गरी उचित राहातको व्यवस्था मिलाउन सम्पूर्ण सरोकार समक्ष अनुरोध गरेको छ । बेपत्ताको खोजी कार्य तथा उद्धार कार्यमा निरन्तर जुटिरहनुभएका सबैप्रति धन्यवाद व्यक्त गरेको छ । 

त्यस्तै पर्वत वलफेयर सोसाइटी युके, पर्वत समाज जापान, पर्वत समाज बेल्जियम, पर्वत सेवा समाज यूएई, पर्वत मन्च हङकङ लगायतका समाजले पनि दुर्लुङमा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । 

 शनिबार साँझ ८ बजे भीषण वर्षासँगै आएको पहिरोमा पुरिएको दुई घरका नौ जना मध्ये अहिलेसम्म आठ जनाको शव फेला परेको छ । एक जना अझै बेपत्ता छन्  । वेपत्ताको खोजीमा जिल्ला प्रहरी कार्यालय, ससस्त्र प्रहरी गण , नेपाली सेना सहित स्थानीय जुटिरहेको छन् । घरभन्दा १ किलोमिटर माथिवाट आएको लेदो पहिरोले दुई घर वटा पुरिनुका साथै पाँच वटा घरमा क्षती पुर्याएको छ ।