अन्तराष्ट्रिय पर्वत समाजको समन्वयमा दिल्लीमा अलपत्र परेका पर्वतेली घर फर्के

02 Aug 2022

पर्वत । भारतको दिल्लीमा अलपत्र परेका पर्वतेली (नेपाली) नागरिकलाई अन्तराष्ट्रिय पर्वत समाजको समन्वयमा घर फर्केका छन् । विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनका कारण समस्यामा परेका कुश्मा नगरपालिका–१० पिपलटारीका ४० जना नागरिकलाई घर फर्केका हुन् । अन्तराष्ट्रिय पर्वत समाजको समन्वय र दिल्लीमा रहेका समाजसेवी सुष्मा गुरुङ ‘मेरी’ र उहाँका श्रीमान अर्जुन गुरुङको पहलमा उनीहरुलाई घर फर्केका हुन् । भारतका विभिन्न ठाउँमा काम गदै आएका उनीहरु लकडाउनका कारण सबै होटल तथा उद्योगहरु बन्द भएपछि झन्डै दुई महिनादेखि एउटै ‘बिल्डिङ’ मा थुनिएर बसेका थिए । कोही सँग पनि रासन कार्ड नभएको र दिल्लीमा बसिरहँदा थप समस्या उत्पन्न हुन सक्ने खतरालाई मध्येनजर गदै उनीहरुको इच्छा अनुसार नेपाल फर्काकाएको अन्तराष्ट्रिय पर्वत समाजले जनाएको छ ।

 

उनीहरुलाई दिल्ली देखी सुनौलीसम्म पठाउन लाग्ने खर्च समाजसेवी गुरुङ दम्पतीको पहलमा संकलन गरि व्यवस्थापन गरिएको हो । गुरुङ दम्पतीले संकलन गरेको रकम अपुग भएपछि अन्तराष्ट्रिय पर्वत समाज सँग समन्वय र सहयोगको लागि अपील गरेका थिए । समाजको तर्फवाट २० हजार भारु सहयोग गरेको अन्तराष्टिय« पर्वत समाजका अध्यक्ष पुरन गिरीले बताउनु भयो । दिल्ली देखी पर्वतसम्म जानका लागि समाजका तर्फवाट समन्वय गर्नुभएका मध्येपुर्वक संयोजक कमल लामिछानेले दिल्लीमा अलपत्र परेका पर्वतेलीहरुले घर पर्किन गरेको अनुरोध सँगै दिल्लीबाट सुनौलीसम्म गुरुङ दम्पतीको सहयोग र सुनौली देखी पर्वत सम्म नगरपालिकाले व्यवस्थापनमा बस रिजार्व गरि पर्वत पु¥याईएको बताउनु भयो । अहिले उनीहरु पर्वतको कुश्मा बजारको होटल बन्दको क्वारेन्टाइनमा बसेका छन् । लकडाउनका कारण समस्या भोग्दै आएका पर्वर्तेली नागरीक घर फर्किन पाएपछि खुशी भएका छन् । ‘लकडाउनका कारण रोजगारी गुमेपछि निकै पीडामा थियौँ, हामीलाई खानबस्नको  समस्या थियो, दिल्लीमा पनि अन्तराष्ट्रिय पर्वत समाजले राहात दिएको हो, पीडित नविन कुमारले भन्नुभयो,‘आज घर फर्किेने समन्वय गरिदिएकोमा संस्था र पहल गर्नुहुने सम्पूर्णप्रति धेरै आभारी छौँ,।’

 

उनीहरुलाई नेपाल भित्राउन अन्तराष्ट्रिय पर्वत समाज सँगै सहयाञेग गर्नेहरुमा गोर्खा मजोर समुन्द्र गुरुङ, कर्ण गुरुङ, डा. सचिन गुरुङ, बिमला सुवास गुरुङ, लक्ष्मी शेरमान गुरुङ, रेखा सन्तोष गुरुङ, सरला भोलेन गुरुङ, टिका अन्जु गुरुङ, डा. दिपा गुरुङ, क्रान्ती दले लामा, बिष्णु थापा र जिवन थापाले फ्रान्सबाट सहयोग गर्नुभएको थियो । त्यस्तै हङकङबाट विष्णु गुरुङ, श्रीप्रसाद गुरुङ, रेखा गुरुङ, अर्जुन गुरुङ, श्यामप्रसाद गुरुङ, माधव गुरुङ, लिमा गुरुङ, प्रविण गुरुङ, संजोग गुरुङ, मन्त्री गुरुङ, मनोज गुरुङ र केभल रुचाल रहनुभएको समाजसेवी सुष्मा गुरुङ ‘मेरी’ ले जानकारी दिनुभयो ।

अन्तराष्ट्रिय पर्वत समाजले यस समन्वयमा सहयोग गर्नुहुने सबैमा धन्यवाद व्यक्त गरेको छ । कोरोना भाइरसले सृजना गरेको बिषम परिस्थितीमा उद्दार कार्यमा जुट्नुभएकी समाजसेवी सुष्मा गुरुङ र अर्जुन गुरुङ, पर्वत जिल्ला अस्पताल विकास समितिका अध्यक्ष गोविन्द गिरी पहाडी, कुश्मा नगरपालिका–१० पीपलटारीका वडा अध्यक्ष सुजन सुनार र कुश्मा नगरपालिका परिवारलाई आभार प्रकट गरेको छ । त्यस्तै दिल्ली देखि स्थानीय निकायसँग समन्वय गरि सम्पुर्ण ब्यवस्थापन गर्नुहुने मध्यपुर्व संयोजक कमल लामिछानेलाई धन्यवाद व्यक्त गरेको छ ।

 

अन्तराष्ट्रिय पर्वत समाजले यस अघि लकडाउनका कारण दिल्लीमा समस्यामा परेका उनीहरुलार्ई  राहात स्वरुप प्रतिव्यक्ति १५ सय भारु बरावरको खाद्यान्न र नगद ५ सय रुपैयाँ भारु वितरण गरेको गरेको थियो ।