अन्तराष्ट्रिय पर्वत समाजले छान्यो संरक्षक र सल्लाहकार

01 Aug 2022

फागुन २७, पर्वत । अन्तराष्ट्रिय पर्वत समाजले प्रमुख संरक्षक, संरक्षक र सल्लाहकार चयन गरेको छ । समाजले प्रमुख संरक्षकमा हितकाजी गुरुङलाई चयन गरेको छ । त्यस्तै संरक्षकहरुमा अर्जुन कुमार श्रेष्ठ, महेश श्रेष्ठ, कुल आचार्य, सुभाष जोशी, गोविन्द सुवेदी, सुरेन्द्र भुसाल, मोहन शर्मा, रबिजंग लामिछानेलाई चयन गरेको छ ।

त्यसै गरि संस्थाको सल्लाहकारहरुमा पुष्प तिमिल्सिना, उदयराज गौतम, गोविन्द प्रसाद गौतम, शितल भुर्तेल, ठाकुर प्रसाद शर्मा, अर्जुन श्रेष्ठ, रामेश्वर गौतम, यामलाल सुवेदी, नारायण गुरुङ, एक बहादुर मल्ल,हिराबल गुरुङ, पारस गौतम, केदार जोशी, खड्क के सी, कृष्ण तिवारी, श्री प्रसाद गुरूड, बालेन्द्र गुरुङ, मेख गुरूड, ग्याम गुरुङ, प्रेमकाजि गुरुङ, गंगा भुषाल (स्पेन) ईन्द्र प्रसाद शर्मा, ईशा गुरुङ, नारायण कोने गुरुङ, लेप्टेन थमन गुरुङ, राजकुमार मल्ल, दिल कुमारी पुन (सुश्मा),गंगा भुसाल (युके), सुवर्ण हमाल (ओसियाना), ओम् गुरुङ, नारायण सूबेदी, विद्या गुरुङ, दुर्गा मिलन गुरुङ, सन्तोष गुरुङ (अमेरिका) रुद्र बहादुर गुरुङ चयन हुनुभएको छ । त्यस्तै मध्य पुर्ववाट सल्लाहकारमा चिन्तामणि पौडेल, छवीलाल भट्टराइ, गोपी चन्द्र भुसाल, राजेन्द्र अधिकारी र खिमानन्द भुर्तेललाई चयन गरिएको छ ।

समाजका अध्यक्ष पुरन गिरीले संस्थाको विधि विधान र आवश्यकतालाई मध्येनजर गदै प्रमुख संरक्षक, संरक्षक र सल्लाहकार चयन गरिएको बताउनु भयो । उहाँले आफ्नो ध्यान पर्वत जिल्लाको समृद्धि र विकास सँग भएको बताउँदै संस्थाका गतिविधीलाई प्रभावकारी रुपमा अगाडी बढाउन सबैले आफ्नो जिम्मेवारी अनुसार अगाडी बढ्नुहुने विश्वास व्यक्त गर्नुभयो ।

समाजका बरिष्ठ उपाध्याक्ष झलक केसीले संरक्षक र सल्लाहकारलाई बधाई तथा शुभकामना दिँदै उहाँले सवै प्रवासी पर्वतेहरुको ध्यान पर्वत जिल्लाको समृद्धि र विकास सँग जोडिएको बताउँदै सबै प्रवासी हातेमालो गरेर अगाडी बढ्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।