अन्तराष्ट्रिय पर्वत समाजलाई सशक्त र सक्रिय बनाउन विभाग गठन

01 Aug 2022

फागुन २५, पर्वत । पर्वते प्रवासीहरुको साझा संस्था अन्तराष्ट्रिय पर्वत समाजले विभिन्न विभागहरु गठन गर्नुका साथै सदस्य चयन गरेको छ । समाजका अध्यक्ष पुरन गिरीको अध्यक्षतामा सम्पन्न भएको केन्द्रिय बैठकले विभिन्न निर्णय गर्दै जिम्मेवारी बाँडफाँड गर्नुका साथै जिम्मेवारी बाँडफाँड गरेको हो ।

बैठकले कल्याणकारी कोषको संयोजकमा बरिष्ठ उपाध्याक्ष झलक केसीलाई चयन गरेको छ । त्यस्तै शिक्षा तथा साहित्य समितिको संयोजकमा समाजका उपाध्याक्ष ईश्वर जोशी चयन हुनुभएको छ । पर्यटन प्रवद्र्धन समितिको संयोजकमा उपाध्याक्ष गोविन्द पौडेल, अनुशासन समितिको संयोजकमा उपाध्याक्ष परशुराम पौडेल र महिला विभागको संयोजकमा उपाध्याक्ष दिपिका भुषाललाई चयन गरिएको अन्तराष्ट्रिय पर्वत समाजका महासचिव गुणराज शर्माले जानकारी दिनुभयो ।

बैठकले बाँकी रहेका विभागको जिम्मेवारीका लागि सबैसँग सल्लाह गरि संयोजक प्रस्ताव गर्नका लागि बरिष्ठ उपाध्याक्ष झलक केसीको नेतृत्वमा उपाध्याक्षहरुलाई जिम्मा दिने निर्णय गरिएको छ । साथै बैठकबाट मनोनीत सदस्यमा बेल्जियमवाट रुद्र लम्साल, यूकेवाट दधि आचार्यलाई देश प्रतिनिधिमा क्यानाडावाट सुमन लम्साल र अमेरिकावाट बाबुराम शर्मा , त्यस्तै सदस्य संस्था अन्तरगत स्पेनबाट सन्तोष पौडेल र बिनु गुरुङ, पोर्तुगलबाट हेमराज सुवेदी र बिनोद पौडेल सदस्य चयन गरिएको छ ।

अन्तराष्ट्रिय पर्वत समाजलाई सशक्त र  सक्रिय बनाउनका लागी  विभिन्न विभागहरु गठन गर्नुका साथै सदस्य चयन गरि जिम्मेवारी दिएको महासचिव शर्माले जानकारी दिनुभयो ।