प्रधानमन्त्रीलाई पर्वतका मणी भुर्तेलको यूएईवाट खुल्ला पत्र

09 Jun 2022

श्री सम्माननीय प्रधानमन्त्री ज्यु,

प्रधानमन्त्री कार्यालय, बालुवाटार काठमान्डौ, नेपाल ।

 

प्रथमत : सम्माननीय प्रधानमन्त्री ज्यु को स्वास्थ्यलाभको कामना गर्दछु । विश्वभरि महामारी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित मानव जगतलाई स्वास्थ्यलाभको कामना सहित शिघ्र्र माहामारीको रोकथामको लागि विज्ञहरुमा शक्ति प्रदान होस् भन्ने कामना व्यक्त गर्दछु ।

 

मेरो घर पर्वत जिल्लाको सुधुरदक्षिणमा पर्ने पैयु गाउँपलिका वाड नम्वर २ मा पर्छ । म विगत १८ वर्ष देखि यूएईमा मजदुर गदै आएको छु । आफुलाई सामाजिक अभियान्ता भन्ने रुचाउने म आज निशब्द भएको छु । त्यसैले म दुखी छु, चिन्तित छु ।

 

विश्व अहिले कोरोना भाइरसवाट ग्रसित छ । चीनबाट शुरु भएको कोरोना भाइरसको प्रकोप अहिले संसारको विभिन्न देशहरुमा पनि देखिन थालेको छ । नेपाल पनि यो संक्रमण फैलिसकेको अवस्था छ । तपाईलाई यो पत्रमा मैले विश्वभरि फैलिएको कोरोना भाइरसका कारण प्रवासमा रहेका अझै भनौ यूएईमा रहेका नेपालीहरुको अवस्था र पीडा सुनाउन लेख्दै छु । विश्वस छ तपाईको हातमा यो पत्र अवश्य पुग्ने छ ।

 

बैदेशिक रोजगारीको पहिलो गन्तव्य मध्ये यूएई पनि एक नम्वरमा पर्छ । यहाँ रोजगारीको शिलशिलामा आफ्नो देश छोडेर आउने मध्ये नेपाल पनि अग्रपंत्तिमा पर्छ । पछिल्लो क्रममा विश्वभरि जुन महामारीमा रुपमा देखिएको कोरोना भाइरसका कारण यूएई पनि ग्रसित छ । यूएईमा दिनप्रतिदिन करोनाबाट प्रभावित बिरामीको संख्या बढदो छ । हालसम्म कुनै पनि नेपालीमा देखिएको छैन र देखिने पनि छैन भन्ने मेरो विश्वास छ । तर, यूएई सरकारले पूर्णरुपमा लकडाउन नगरेको अबस्थामा नेपालवाट मजदुरहरु काम गरिरहेको अवस्था छ ।  कम्पनीहरु पूर्ण वा आंशिक रुपमा बन्द हुनेको क्रम बढ्दो छ । यसको असरले यहाँको अर्थतन्त्रमा ठुलो धक्का महशुस भएको छ । त्यो भन्दो ठुलो धक्का हाम्रो देश नेपाललाई पनि हुने निश्चित छ । अझै भनौँ नेपालीहरुको अवस्था यहाँ दयनिय छ । लाखौको संख्यामा रहेका नेपाली कामदारको अवस्था यो पत्रमा उल्लेख गर्न म असमर्थ छु । तर, केही अवश्य जानकारी गराउने छु ।

 

 

अहिले यहाँ कामदारलाई बेतलबी छुट्टी दिईएको छ । न्यून ज्यालामा काम गर्ने कामदार, भिजिट भिषामा आएका टुरिस्टहरु, विभिन्न भिषामा सम्वन्धित देश गएकाहरुको Stay Home-Stay Safe  का लक्षणहरु देखापर्न थालेको छ । यहाँका नेपालीहरुमा साहुको ऋणले पोलेको मन, पारिवारिक खर्चले पिरलिएको आत्मा, आफ्नो व्यक्तिगत खर्च, बढदो मूल्यबृद्धि सहित कालोबजारीको चपेटा र कामबाट निश्काश्न हुँदाको पिडा,बेतलबी हुनुको मानसिक तनाबको अबस्थाले ग्रसित छन् । चौलानी (चामल पखालेको पानी)मा नुन राखेर आमाले बनाएको मासुभातको तृष्णा  मेटाउनुको विकल्प बाहेक हामी सँग अरु केही उपाय छैन । बाध्यताले गर्दा करोना भाइरसको महामारी भन्दा दुर्घटनाको महामारी हुने अबस्थाको सिर्जना न होला भन्न सकिदैन ।

 

 

नेपाल ऋषिमुनीहरुको देश हो । भगवान गौतम वुद्धको भनाईको सापटी लिनुपर्दा ‘जिबनमा हजारौ लडाई जित्नु भन्दा तपाइँ आफै आफ्नो बिजय प्राप्त गर्नु जित तपाइँको नै हुने छ जसले तपाइँलाइ कसैबाट  पनि छिनेर लाने छैन’  भन्दै गर्दा अहिले विश्व जगत नै कोरोना भाइरसले त्रसित भएको समयमा  विदेशमा रहेका मान्छेलाई सत्य युगमा जस्तो बापत, कोर र हैजा लागेर पिडितलाई  घृणा गरिएको अबस्था जग जाहेर नै छ । मानब जगतमा मानविय समबेदना को रास हुनु भनेको कलीको मध्यान्तरमा भगवान रामले पृथ्वीमा संकट आइलाग्दा मेरो पुनर्जन्म हुन्छ भन्नु नै यस्तै महामारीको जन्म भै मानब जगतको बिनास हुने त् होइन भन्ने शंखामा व्यतित छ भन्दा उचित होला ।

 

Stay Home-Stay Safe नै स्वास्थ्य सँग जोडिएको बिषय हो । स्वास्थ्य नै धन हो  भन्ने अभिप्राय ले यस्तो अवस्था सृजना गर्ने देखिन्छ कि मानसिक उपचार अस्पतालको निर्माण गर्दै वा बृद्धाश्रम भबन को निर्माण गर्ने अबस्था को सृजना हुनुले नेपाल सरकारको स्लोगन सुखी नेपाल खुसि नेपाली को सपनाको अन्त्य न होला भन्न सकिदैन । खाडी मुलुकमा रहेका श्रमिकहरुको पसिनाबाट रेमिटान्सले धानेको देश र प्रर्यटन वर्ष स्थगन गर्नु पर्ने वाध्यतालाइ देश र जनता चलायमान हुने कसरी भन्ने ठुलो प्रश्न चिन्ह ? खडा हुनुमा अभिभावकको जरुरी र महत्वपूर्ण निर्णयको खाँचो छ ।

 

न घर जान पाउनु, न त आफ्नो जागिर नै हुनु, न त आफुलाई सुरक्षित पाउनुले जब सम्म  मानिसले सहि निकास  नपाउँदा सम्म घरको न घाटको हुनु अनि यता न उताको हुनु बाहेक अरु केहि हुदैन । ति छटपटीयक आत्माहरुले आफ्नो  अभिभावक खोजि रहेको हो । कहिँबाट पनि केहि सहयोग पाउने आशा नहुदा   अझै बढी मानसिक तनाबमा पिरलिएको आवस्था छ ।  यसरी आफुलाई कतैबाट पनि सुरक्षित नदेखेपछि हाम्रा सामाजिक र जिम्मेवारीका  मान्यतामा आफुलाई  उभ्याउन नसक्ने अवस्था आएपछिका घट्ने घटनाहरु हामीले सोचे भन्दा धेरै बाहिरका र नसोचेको अप्रिय घटनाहरु धेरै हुन सक्ने सम्भावना पनि उतिकै छ । अहिलेको अवस्थामा नै यसलाई सहि बाटोबाट समाधान खोजियो भने मात्र हामीले आफु अभिभावक  भएको अनुभूति  पाउने थियौ र  हामी विदेश भएका सम्पूर्ण  नेपालीले हाम्रो सरकार भएको अनुभूति गर्न पाउनेछ  ।

 

 

गणतन्त्र नेपालपछी कार्यकारी प्रधानमन्त्री भनेको नै देशका राजा हुन् । जुन आम नेपालीले बेहोर्दै आइरहेका छन् । पृथ्वीनारायण शाहको को भनाइ अनुसार ‘राजाले ठूलो न्यायनिसाप हेर्नु, अन्याय मुलुकमा हुन नदिनूलाई आत्मसाथ गर्दै विश्व भरिमा अलपत्र नेपालीको उद्धार गर्नु प्रमुख काम हुनु जरुरी छ । आफ्ना देशका नागरिकको अबस्थाबारे चिन्तित हुनु जरुरी छ । कामदारको भिषा सकिनु, रोजगार दाताबाट रोजगारको अन्त्य हुनु र नयाँ काम नपाउनु,विभिन्न बहानाबाट प्रदेशमा अबैध रुपमा रहनु ,बन्द कोठा भित्र सुत्केरी अबस्था जस्तो पहेलो रुपमा आफुलाई समाहित गराउने बाध्याता हुनु नै दुर्भाग्य हो । भनिन्छ प्रार्थना गर्ने ओठ भन्दा सहयोग गर्ने हातहरु  महान हुन्छन । यति बेला आर्थिक सहयोग चाहिएको छैन । नैतिक र भौतिक सहयोग चाहिएको बेला सरकारले सम्बन्धित निकाय सँग पहल गरि सुरक्षित् आफ्ना नागरिकलाई सुरक्षित देश अवतरण गराउनु जरुरी छ ।

 

बन्द कोठा भित्र अनियमितताका काम बढ्नु -जाड रक्सि ,जुवा तास _ लेख्न बाध्याता हुन् सक्छ । रहर बाध्यताले गर्दा आट बोकेर प्रदेश छिरेका ५० लाख जनता मध्यबाट महामारीको प्रभावमा कति रहेका छन् भन्ने समाचार माध्यम मार्फत अभिव्यक्तिबाट प्रस्ट हुन्छ । बिकसित मुलुक भन्दै गर्दा कामको कारण संचार, सामाजिक संजालको अपुगमा रहेका मानव जातिको संख्या पनि त्यत्तिकै छ र विश्व जगतलाइ त्यही सामाजिक संजाल मार्फतबाट जोडिएको छ भने गैरजिम्मेवार समाचारले त्रसित मात्र होइन त्राही त्राही हुदै मरेको लास सरह निरिह बनेर टुलुटुलु हेर्ने बाहेक बाँकी केहि नरहेको अबस्था पनि छ ।

 

त्यसैले आफ्ना नागरिकको लागि prevention is better then care   सम्बन्धित देशमा रहेका दुताबास मार्फत सम्वन्धित देशलाइ अनुरोध गरेर स्वास्थ्य चेक गरेर आफ्ना नागरिकलाई दुइ चरणमा स्वदेश फिर्ता बोलाउनु पर्ने हुन्छ । स्वास्थ्य जाँच पछी राम्रो भएका मध्य पनि पुन देश फर्के पछी करेन्टाइनमा बस्ने र स्वास्थ्य खराब नागरिकलाइ पूर्ण जिम्मेवार सहित सरकार र सम्बन्धित देश बीच कुटनैतिक पहलमा सुरक्षित् स्वास्थ्य उपचार गरि अभिभावकत्व गर्न  जरुरी देखिन्छ । बिहे पछीको पोते को काम के भन्ने विषयलाई ध्यान दिदै तत्काल गर्न जरुरी छ  । ताकी अहिले नागरिक खर्च गर्न सक्ने अबस्थामा पनि छन् तर घाम पश्चिम पुग्दै गर्दा घाम डुब्यो भन्ने बाहेक केहि नरहनुमा सरकारलाई महँगो पर्न सक्छ ।

 

अन्त्यमा सम्माननीय प्रधानमन्त्री सहित सम्पूर्ण देशवासी बुबाआमा दाजुभाई तथा दिदिबहिनिहरुमा स्वास्थ्य लाभको कामना गर्दै महामारी करोनाबाट बच्न र बचाउन सहयोग गरौ । नेपाल सरकार गरेको लकडाउनको पालना गरौ  । म आफु सहित हामी प्रदेशमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरु, बुबा आमा हरु निरिह भई नेपाल आमा सम्झदै मन भरी पिडा बोकी बाचिरहेका छौ ।

 

 

बोदार्थ – १) परराष्ट्र मन्त्रालयको कार्यालय

       २) पर्यटन तथा उड्डयनमन्त्री को कार्यालय

       ३) नेपाली दुताबास (सम्बन्धित देश मा अबस्थित वा सम्बन्ध रहेकादेश 

 

उही प्रदेशमा रहेको प्रदेशी

मणिप्रसाद भुर्तेल

हाल युएई